नेपाल लाइफ इन्स्योरेन्सकाे चुक्ता पूँजी ४ अर्ब ३९ करोड

नेपाल लाइफ इन्स्योरेन्सकाे चुक्ता पूँजी ४ अर्ब ३९ करोड

  • सोमवार, असार २५, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाडौं।नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा समितिले तोकेको भन्दा दोब्बर चुक्ता पूँजी पुर्याएकाे छ । कम्पनिले ४ अर्ब ३९ करोड रुपैयाँ चुक्ता पूँजी पुर्याएको हो।

बीमा समितिले २ अर्ब चुक्ता पूँजी पुर्याउन निर्देशन दिएको छ।समितिको निर्देशनपछि अधिकांश बीमा कम्पनीले हकप्रदको सहारा लिएपनि चुक्ता पूँजी पुर्याउन सकेका छैनन्।कम्पनीले देशभरका १ सय २५ भन्दा बढी शाखा र उपशाखा छन्।कम्पनीले सन् २०१३, २०१४, २०१६ र २०१७ मा गरी चार पटक ‘बेस्ट म्यानेजमेण्ट अवार्ड’ पाइसकेको छ ।

विश्वव्यापी परामर्शदाता कम्पनी फ्रष्ट एण्ड सुलिभानद्वारा प्रदान गरिने ‘बेष्ट प्राक्टिस अवार्ड २०१६’ अन्तर्गतको फाइनान्सियल इन्ष्टिच्यूशन अफ द इयर– इन्स्योरेन्स कम्पनी’ पनि यो कम्पनीलेे पाएको थियो। कम्पनीले आफ्ना शेयरधनीहरूलाई ६५ देखि ८२ रुपैयाँसम्म (प्रतिहजारमा)बोनश दिएको जनाएको छ।यो सबैभन्दा बढी बोनश दिने बीमा कम्पनीमा पर्छ।  नेपालको बीमा बजारमा एकतिहाइ बजार हिस्सा ओगटेको कम्पनीको अधिकृत पूँजी रु ८ अर्ब, चुक्तापूँजी रु ४  अर्ब ३९ करोड रुपैयाँ रहेको जनाएको छ।

पूँजी तथा बजारको हिसाबले नेपालमै पहिलो र ठूलो बीमा कम्पनीको रूपमा रहेको यस कम्पनीको लगानी रु ५७ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष ५० अर्ब रुपैयाँ रहेको छ । हालसम्म स्वदेश र विदेश गरी झण्डै २४ लाख व्यक्ति बीमित भइसकेको कम्पनीले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ