जनकपुर–जयनगर रेल सञ्चालनको मोडालिटीबारे नेपाल र भारतीय रेल विभागका अधिकारीबीच आज छलफल हुदै

जनकपुर–जयनगर रेल सञ्चालनको मोडालिटीबारे नेपाल र भारतीय रेल विभागका अधिकारीबीच आज छलफल हुदै

  • सोमवार, असार २५, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

काठमाडौं, असार २५ ।
क्रस बोर्डर रेल कनेक्सन तथा जनकपुर–जयनगर रेल सञ्चालनको मोडालिटीबारे नेपाल र भारतीय रेल विभागका अधिकारीबीच आज छलफल हुदैछ ।

काठमाडौंको एक होटलमा मध्यान्ह १२ बजेपछि हुने छलफलमा निकट भबिश्यमा रेल सेवा सञ्चालन गर्ने तयारी भएको परियोजना र ५ वटा क्रस बोर्डर परियोजनाबारे छलफल हुने रेल विभागका सुचना अधिकारी प्रकाशभक्त उपाध्यायले जानकारी दिनुभयो ।

त्यसका लागी ७ सदस्य भारतीय टोली हिजो काठमाडौं आएको छ । यसअघि पनि बिभिन्न चरणमा छलफल गरेको भारतीय टोलीले आगामी माघबाट सञ्चालन गर्ने तयारी गरेको जनकपुर–जयनगर परियोजनाबारे निर्णायक छलफल गर्नेछ ।

सो परियोजनामा भारतबाट रेल लिजमा लिएर सञ्चालन गर्ने गरी नेपाली पक्षले तयारी गरेको छ । त्यःतै प्राबिधिक तथा दक्ष प्रशिक्षकको उपलब्धताका बिषयमा पनि नेपाली पक्षले भारतीय अधिकारीसँग कुरा राख्ने जनाएको छ ।

भोलीसम्म चल्ने छलफलमा यसअघिका छलफलमा पूर्णता पाउन नसकेका बिषयमा पनि दुई देशीय प्रतिनिधि मण्डलबिच छलफल हुने सुचना अधिकारी उपाध्ययले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ