काठमाडौं, २३ असार ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले आफ्नो नियमावली बनाउन तीन सदस्यीय कार्यदल गठन गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपाको सचिवालय बैठकले स्थायी समितिमा प्राप्त भएका सुझावलाई समेटर नियमावली बनाउन कार्यदल गठन गरेको हो ।
बामदेव गौतम, विष्णु पौडेल र रामबहादुर थापा रहेको तीन सदस्यीय कार्यदललाई नियमावली बनाउन तीन दिनको समय दिइएको छ ।
कार्यदलले दिएका सुझावलाई समेटेर नियमावली प्रकाशन गरिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएको छ ।
कार्यदलले तयार पारेको नियमावलीलाई यही असार २६ गते बस्ने स्थायी समितिको बैठकले अन्तिम रुप दिने छ ।
बैठकमा समसामयिक राजनीतिक र सांगठनिक विषयमा पनि छलफल भएको नेताहरुले बताएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline