रौतहटको परोहामा प्रभु बैंककाे नयाँ शाखाँ संचालनमा

रौतहटको परोहामा प्रभु बैंककाे नयाँ शाखाँ संचालनमा

  • शुक्रबार, असार २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

२२ असार, रौतहट । रौतहटको परोहामा प्रभु बैंककाे नयाँ शाखाँ संचालनमा अाएकाे छ । परोह नगरपालिकाको वडा नम्बर ४ मा शुक्रबारदेखि शाखा संचालन गरेको हो ।

शाखाको उद्घाटन परोहा नगरपालिकाका प्रमुख मो. शेख वकिलले गरेका हुन् । बैंकले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त शाखा संचालन गरेको जानकारी दिएको हो ।

‘स्थानीय स्तरबाटै सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ बैंकले रौतहट जिल्लाको परोहा नगरपालिकामा शाखा कार्यालय आज देखि सञ्चालनमा ल्याएको छ’ जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उद्घाटन कार्यक्रममा जिल्लाका विभिन्नसरकारी कार्यालय प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधी, उद्योग वाणिज्य संंघका पदाधिकारी, संघ संस्था, तथा स्थानीयव्यापारी, बुद्धिजिवी लगायतठूलो संख्यामासर्वसाधारणको उपस्थिति थियो ।

शाखाबाट स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनीतथा संघ संस्थाहरुलाई गुणस्तरीय सेवा पुग्ने बैंकले विश्वास लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ