प्रधानमन्त्री ओलीले आज प्रदेश २ का सांसदहरुसँग छलफल गर्दै

प्रधानमन्त्री ओलीले आज प्रदेश २ का सांसदहरुसँग छलफल गर्दै

  • शुक्रबार, असार २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

काठमाडौं, असार २२ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश २ बाट प्रतिनिधित्व गर्ने नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसदसँग छलफल गर्दै हुनुहुन्छ ।

हरेक शुक्रबारको नियमित कार्यक्रम अन्र्तगत आज प्रदेश २ बाट प्रतिनिधि र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसदहरुसंग प्रधानमन्त्री ओलीले छलफल गर्न लाग्नुभएको हो ।

सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा अपरान्ह ३ बजे पछि हुने छलफलमा सरकारको नीति तथा कार्यक्रम कार्यान्वय, बजेट लगायत बिषयमा सांसदहरुको धारणा र सुझाव संकलन गर्ने तयारी सरकारको छ ।

स्थानीय विकास निर्माणका परियोजना तथा जनगुनासो सम्बन्धमा पनि अन्र्त्क्रिया हुने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

प्रदेश तथा स्थानीय सरकारसँगको सहज सम्बन्धका लागी प्रधानमन्त्री ओलीले नियमित रुपमा हरेक प्रदेशका सांसदसँग सामुहिक छलफलको क्रम सुरु गर्नुभएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ