काठमाडौँ, असार २२ ।
संघीय संसद्को संयुक्त नियमावली पारित भएको करीब दुई सातापछि संसदीय सुनुवाइ विशेष समिति गठनको प्रक्रिया अघि बढाइएको छ ।
संयुक्त नियमावली अनुसार गठन हुने समितिमा आज प्रतिनिधिसभाले सदस्यहरूको नामावली घोषणा गर्दैछ । दिउँसो १ बजे बस्ने बैठकबाट समिति गठन प्रक्रिया अघि बढाइने बताइएको छ ।
राष्ट्रियसभाका तर्फबाट पनि सिफारिस हुने सदस्यहरूको नामावली घोषणा भएपछि औपचारिक रूपमा समिति गठन हुने सभामुख कृष्णबहादुर महराले जानकारी दिनुभयो ।
१५ सदस्यीय समितिमा प्रतिनिधिसभाबाट १२ र राष्ट्रियसभाबाट ३ सदस्य रहनेछन् । प्रतिनिधिसभातर्फ राष्ट्रिय जनता पार्टी बाहेक अन्य दलहरूले औपचारिक रूपमा नामावली दिइसकेका छन ।
जसमा नेपाल कम्युनिःट पार्टी (नेकपा)बाट योगेश भट्टराई, सुरेन्द्र पाण्डे, पूर्णकुमारी सुवेदी, अमृता थापा, नीरु पाल, पार्वत गुरुङ र शिवकुमार मण्डल रहेका छन्।
यस्तै कांग्रेसले पुष्पा भुसाल, ज्ञानेन्द्रबहादुर कार्की, र भीमसेनदास प्रधानको नाम दिएको छ । संघीय समाजवादी फोरम नेपालले राजेन्द्र श्रेष्ठको नाम पठाएको छ । राजपाले पनि आज नाम पठाउने छ ।
दुबै सदनको समन्वयमा समितिमा रहने सदःयहरूको नाम घोषणा हुनेछ । संसदका दुबै सदनका सदस्यको प्रतिनिधित्व रहने विशेष समिति गठन नहुँदा संवैधानिक निकायका पदाधिकारीको सुनुवाइ प्रक्रिया समेत रोकिएको छ ।
समिति गठनसँगै सिफारिस भएका पदाधिकारीको सुनुवाइको बाटो खुल्नेछ ।