२१ असार, काठमाडौं ।
राष्ट्रिय जनता पार्टी नेपालकाे आगामी वैशाखमा महाधिवेशन गर्ने तयारी छ । महाधिवेशनपछि अध्यक्ष मण्डल नराख्ने प्रस्ताव आएको छ ।
मधेस केन्द्रित ६ दल मिलेर राजपा गठन गर्दा सबै दलका अध्यक्षहरुलाई समेटेर अध्यक्ष मण्डल बनाइएको थियो र महन्थ ठाकुर अध्यक्ष मण्डलका संयोजक थिए । बुधबार बसेको राजनीतिक समितिको बैठकमा पार्टीको विधान पेश भएको छ, जसमा महाधिवेशनपछि अध्यक्ष मण्डल नराख्ने उल्लेख छ ।
विधान मस्यौदा समितिका सदस्य वृषेशचन्द्र लालले विधान प्रस्तुत गरेका थिए । महासचिव केशव झाका अनुसार अध्यक्ष मात्र राख्ने प्रस्तावमा लगभग सबैको सहमति छ ।
बैठकमा संसदीय दलको विधान, पार्टीका तल्लो कमिटीहरुको अधिवेशन लगायतका विषयमा पनि छलफल भएको उनले बताए । बैठक भोलि फेरि बस्नेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline