पुनर्निर्माण प्राधिकरणका सीईओ भुसाललाई बालुवाटारबाट अपमानजनकरुपमा फर्काइयो, परामर्श समितिको पूर्व निर्धारित बैठक स्थगित

पुनर्निर्माण प्राधिकरणका सीईओ भुसाललाई बालुवाटारबाट अपमानजनकरुपमा फर्काइयो, परामर्श समितिको पूर्व निर्धारित बैठक स्थगित

  • बिहिबार, असार २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.3K
    SHARES

२१ असार, काठमाडौं ।

भूकम्पपीडितहरुका विषयमा छलफल गर्नका लागि बोलाईएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण परामर्श समितिको पूर्व निर्धारित बैठक स्थगित भएको छ ।

प्रधानमन्त्रीको सचिवालका कर्मचारीहरुले पूर्वनिर्धारित कार्यतालिका अनुसार नै आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका प्राधिकरणका सीईओ युवराज भुसालसहितको टोलीेलाई बैठक स्थगित भएको सुचना दिएका हुन् ।

भुसाललाई मन्त्रिपरिषद बैठकले पुनर्निर्माण प्राधिकरण प्रमुखको नियुक्ति खारेज गरेको जनाउ दिएर बैठक स्थगित भएको सूचना दिइएको जनाईएको छ । त्यसपछि भुसाललाई प्रधानमन्त्री ओलीसँग भेट गर्न नै नदिईएपछि अपमानजनक रुपमा उहाँ वालुवाटारबाट बाहिरिनुभएको छ ।

प्रधानमन्त्रीको नेतृत्वमा बस्नुपर्ने सो बैठकमा भूकम्प प्रभावित १४ जिल्लामा सांसदहरुसमेत सहभागी हुने कानूनी व्यवस्था छ ।

भूकम्पपीडितहरुका विषयमा छलफल गर्नका लागि परिषदको बैठक बालुवाटारमा विहीबार बिहान १० बजे बस्ने केही दिनअघि नै तय भएको थियो । परिषदको बैठक बिहीबार बसेपछि असार २४ गते निर्देशक समितिको बैठक राख्ने सीईओ भुसालको तयारी थियो ।

एमाले नेताहरुले पुर्निर्माण प्राधिकरणमा देउवा सरकारले कांग्रेस नेता रामचन्द्र पौडेलका सम्धीलाई नियुक्त गरिएको भन्दै विरोध जनाउँदै आएका थिए । यद्यपि, प्राधिकरणका सीईओ भुसाल पूर्वसचिवसमेत भएकाले कुशल प्रशासकमा चिनिनुहुन्छ ।
उहाँले आफू रामचन्द्र पौडेलको सम्धी भएका कारणले नभई आफ्नै क्षमताले यो ठाउँसम्म आइपुगेको भुसालले बताउँदै आउनुभएको थियो ।

ओली सरकार गठन भएको ४ महिनासम्म पनि भुसाललाई नहटाई प्राधिकरणको काम अघि बढाइएको थियो । भूकम्प पुनर्निर्माण प्राधिकरणमा प्रधानमन्त्रीको नेतृत्वदायी भूमिका रहन्छ । यसको कार्यकारी नेतृत्व सीईओमा रहने प्रावधान छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ