काठमाडौं, २१ असार ।
सत्ता नेतृत्वकर्ता दल नेपाल कम्युनिष्ट पार्टीको स्थायी समितिको बैठक आज बस्दै छ ।
प्रधानमन्त्री निवास वालुवाटारमा अपरान्ह ३ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण, सरकारका कामको समिक्षा, पार्टीको सांगठनिक परिस्थितिलगायतका विषयमा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा थपेका प्रावधान संशोधन नगरे कांग्रेसले विधेयक संसदमा प्रस्तुत गर्न नदिने बताइरहेका बेलामा अब त्यो विधेयकलाई कसरी अघि बढाउने भन्ने विषयमा पनि आजको बैठकमा छलफल हुने प्रवक्ता श्रेष्ठले बताउनु भयो ।
सरकारको नीति तथा कार्यक्रम र बजेटबारे पार्टी भित्रैबाट आलोचना भइरहेका बेला बस्ने लागेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको बैठकलाई महत्वका साथ हेरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline