कांग्रेस नेताकाे प्रश्न, निषेधित क्षेत्र नतोडेको भए केपी ओली प्रधानमन्त्री बन्थे ?

कांग्रेस नेताकाे प्रश्न, निषेधित क्षेत्र नतोडेको भए केपी ओली प्रधानमन्त्री बन्थे ?

  • बुधबार, असार २०, २०७५
  • मिर्मिरे अनलाइन

  • 17.8K
    SHARES

काठमाण्डाै, २० असार ।

कांग्रेसले राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ । चिकित्सा शिक्षा विधेयक, डा. गोविन्द केसीको अनसन र निषेधाज्ञालाई मुद्दा बनाएर बैठक अवरुद्ध गरेको हाे ।

संसदीय दलको बैठकको निर्णयअनुसार कांग्रेसले राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ । बैठकमा संसदीय दलका नेता सुरेन्द्र पाण्डेले सार्वजनिक स्थलमा प्रदर्शन गर्न रोकेर सरकार पूर्वराजा ज्ञानेन्द्र शाहकै बाटोमा लागेको आरोप लगाउनु भयाे ।

‘निषेधित क्षेत्र नतोडेको भए केपी ओली प्रधानमन्त्री हुनुहुन्थेन । अध्यक्ष महोदय पनि त्यो कुर्चीमा हुनुहुन्थेन’ उहाँले भन्नुभयाे, ‘यो सरकार किन ज्ञानेन्द्रपथतिर अघि बढ्दैछ ? बहुमतको दम्भमा जनताको आवाज कुण्ठित गर्ने कोशिस गरिएको छ ।’

डा. गोविन्द केसी चिकित्सा शिक्षा सुधारको माग राख्दै जुम्लामा अनशन बस्न जाँदा धरपकड गरेको भन्दै आपत्ति पनि जनाउनु भयाे  ।

त्यस्तै छोराको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै अनशनरत गंगामाया अधिकारीको माग पनि पूरा गर्न आग्रह गर्नुभयाे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ