संघीय संसदको दुवै बैठक आज बस्दै

संघीय संसदको दुवै बैठक आज बस्दै

  • बुधबार, असार २०, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौं, असार २० ।
दलीय सहमति हुन नसक्दा विषयगत समितिको उल्झनमा फसेको संघीय संसदका दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधि सभा र राष्ट्रिय सभाको छुट्टा छुट्टै बैठक दिउसो १ बजेका लागि बोलाइएको छ ।

१० वटा समिति गठन गर्नु पर्ने भए पनि प्रतिनिधि सभामा आज अर्थमन्त्री युवराज खतिवडाले लेखा परिक्षण विधेयक २०७५ प्रस्तुत गर्ने कार्यसुचि छ ।

नियमावली पारित भएको झन्डै एक महिना हुन लाग्दा समेत समितिमा रहने सांसदहरुको नाम उपलब्ध नहुदा समिति गठन प्रक्रिया अघि बढ्न सकेको छैन ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा र संघीय समाजवादी फोरमको नाम दिए पनि समितिमा रहने ससदस्य हरुको नाम प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेस र राजपाले पठाएका छैनन् ।

संसदमा सहमतिका आधारमा नेतृत्व पाउने पर्ने कंग्रेसको अडान कायमै छ । दिउसो १ बजे पछि बस्ने राष्ट्रिय सभाको बैठकमा आज पनि विनियोजन विधेयक माथि छलफल हुँदै छ ।

सञ्चार तथा सूचना प्रवृधि, स्वास्थ्य तथा जनसंख्या, कृषि, भूमि व्यवस्था तथा सहकारी, उद्योग वाणिज्य तथा आपूर्ति, कानुन न्यान तथा संसदीय मामिला, युवा तथा खेलकुद,संघीय मामिला तथा सामान्य प्रशासन, गृह र संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तर्गत विनियोजित रकम माथि बैठकमा छलफल हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ