एनआईसी एशियाको २० शाखाहरुमा आजबाट बैंकिङ्ग समय परिवर्तन

एनआईसी एशियाको २० शाखाहरुमा आजबाट बैंकिङ्ग समय परिवर्तन

  • मङ्लबार, असार १९, २०७५
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकहरुको हित र बैकिङ्ग कृयाकलापहरु थप ग्राहकमुखी बनाउने उद्देश्यका साथ आजबाट २० स्थानमा रहेका आफ्ना काउण्टरको समय परिवर्तन गरेको छ ।

बैंकले कर्पोरेट कार्यालय थापाथली सहित काठमाडौंका ९ शाखा, ललितपुरको एक शाखा र मोफलसलका १० शाखा कार्यालय गरि २० शाखाहरुबाट आइतबारदेखि विहिबारसम्म बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म र शुक्रबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म बैकिङ्ग कारोबार गर्ने भएको हो ।

बैंकले बैकिङ्ग कारोबारलाई ग्राहकमुखी बनाउने क्रमलाई अझैं प्रभावकारी बनाउने उद्देश्यले आजबाट देशका प्रमुख शहरहरुमा अवस्थित शाखाहरु खुल्ने र बन्द हुने समय परिवर्तन गरेको जनाएको छ ।

बैंकिङ्ग कारोबारको बिस्तार गरीएको शाखाहरु यस प्रकार छन् ।

१ त्रिपुरेश्वर त्रिपुरेश्वर, काठमाण्डौं
२ महाराजगंज महाराजगंज, काठमाण्डौं
३ सामाखुसी सामाखुसी, काठमाण्डौं
४ नयाँ बानेश्वर नयाँ बानेश्वर, काठमाण्डौं
५ पुल्चोक पुल्चोक, ललितपुर
६ कर्पोरेट कार्यालय थापाथली, काठमाण्डौं
७ ठमेल ठमेल, काठमाण्डौं
८ न्युरोड, बिशाल बजार न्युरोड, बिशाल बजार, काठमाण्डौं
९ न्युरोड, खिचापोखरी न्युरोड, खिचापोखरी, काठमाण्डौं
१० कमलादी कमलादी, काठमाण्डौं
११ नारायणगढ नारायणगढ, चितवन
१२ वीरगंज वीरगंज, पर्सा
१३ पोखरा महेन्द्रपुल, कास्की
१४ धरान धरान, सुनसरी
१५ बिराटनगर बिराटनगर मेनरोड, मोरङ्ग
१६ इटहरी इटहरी, सुनसरी
१७ बुटवल बुटवल, रुपन्देही
१८ दमक दमक, झापा
१९ बिर्तामोड बिर्तामोड, झापा
२० नेपालगञ्ज नेपालगञ्ज, बाँके

बैंकको मुलुकभर २२४ शाखा कार्यालयहरु, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल रहेको छ ।

बैंकको वासलातको आकार १७५ अर्ब रुपैयाँ भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १५० अर्ब रुपैयाँ पुगेको छ । निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब ११९ अर्ब रुपैयाँ सहित निजी क्षेत्रका बैंकहरुमध्ये दोस्रो ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको बैंकले दावी गरेको छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब ११ लाख ७५ हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ