श्रीमती बनाउँछु भन्दै २५ वर्षदेखि यौन शोषण गर्दै अाएका त्रिलोकान्ध अझै सम्पर्कविहीन, आफूलाई न्याय दिलाउन चिनियादेवीकाे याचना

श्रीमती बनाउँछु भन्दै २५ वर्षदेखि यौन शोषण गर्दै अाएका त्रिलोकान्ध अझै सम्पर्कविहीन, आफूलाई न्याय दिलाउन चिनियादेवीकाे याचना

  • सोमवार, असार १८, २०७५
  • मिर्मिरे अनलाइन

  • 20K
    SHARES

१८ असार,काठमाडौं । चिनियादेवी ताम्राकारलाई श्रीमती स्वीकारेर विगत २५ वर्षदेखि यौन सम्बन्ध राख्दै आइरहेका लाजिम्पाटका त्रिलोकान्ध वैद्य अझै सम्पर्कविहीन छन् ।

त्रिलोकान्धले समस्यामा परेकी साली चिनियादेवीलाई सहयोग गर्ने बहानामा २०५४ सालतिर देखिनै आफ्नो लाजिम्पाट घरमा ‘सहारा’ दिएर राखेको र कालान्तरमा यौन तुष्टी मेटाउने कुकृत्यतर्फ लागेको घटनाश्रृंखला बारम्बार बाहिर आइरहेका छन् । यता सँगै रहँदाको साली–भेनाजुको सम्बन्ध विस्तारै श्रीमान–श्रीमतीमा परिणत भएको चिनियादेवीले बताइन् ।

त्रिलोकान्धले आफूलाई श्रीमतीको रुपमा स्वीकार गरेकै कारण उनीसँग शारीरिक सम्पर्क (दाम्पत्य सम्बन्ध) भएको र दुवै श्रीमान–श्रीमती बनेर व्यवहार चलाउँदै आइरहेको उनले बताइन् । अहिले सँगै जीवन बिताउने वाचालाई त्रिलोकान्धले धोका दिन खोजेको उनको भनाई छ । उमेरले अहिले त्रिलोकान्ध ७७ वर्ष र चिनियादेवी ७९ का हुन् । त्रिलोकान्ध पेशाले व्यापारी हुन् । उनका कर्तुत क्रमश बाहिर अाइरहेका छन् ।

यौनसम्पट छवि बनाइसकेका त्रिलोकान्ध अहिले चिनियादेवीलाई विचल्लीमा पारेर जेठी श्रीमती (चिनियादेवीकी दिदी) कोकिला वैद्यसँगको सम्पर्कमा मात्र रहेका छन् । श्रीमती मानेरै चिनियादेवीलाई त्रिलोकान्धले टोखाको रिमालबस्तीस्थित आफ्नै नाममा रहेको जग्गामा बनेको दुई तले घरमा लगेर राखे । जेठी श्रीमती कोकिलालाई भने लाजिम्पाटमै राखे । कोकिला गिरिजाप्रसाद कोइराला अन्तिमपटक प्रधानमन्त्री रहेका बेला अख्तियारबाट डामिएकी स्वास्थ्य मन्त्रालयकी पूर्व कर्मचारी हुन् । डामिएपछि उनी केही समय विदेश पनि भागिन् ।

टोखामा बस्न थालेपछि पनि कान्छी श्रीमती (चिनियादेवी)ले आफूलाई श्रीमतीको रुपमा कानूनी रुपमा नाता प्रमाणित गर्ने र आफ्नो अंश छुट्याउनेबारे बारम्बार कुरा राख्दै आइनन्, तर त्रिलोकान्धले मुखले ‘हुन्छ, हुन्छ’ भनेर टारिरहे । अन्ततः नाता प्रमाणित गर्नुत कता हो कता, कान्छी (चिनियादेवी) बसिरहेकी टोखाको उक्त घर उनलाई थाहै नदिई त्रिलोकान्धले स्थानीय विजेन्द्र श्रेष्ठलाई केही समय अघि मात्र ७२ लाखमा बिक्री गरे । तर चिनियादेवी त्यहाँबाट हट्न मानेकी छैनन् । आफूले नाता प्रमाणित र अंश नपाएसम्म कसैले भनेर नहुने अडानमा उनी छिन् । ‘कुनैपनि हालतमा घर नछाड्ने’ चिनियादेवीले बताइन् । श्रेष्ठले भने विभिन्न मान्छे लगाएर घर छाड्न, ‘नछाडे ठीक हुन्न’ भनेर धम्की दिइरहेको पीडितले बताइन् ।

अहिले आफू असुरक्षित अवस्थामा रहँदा पनि सुरक्षा निकायले बेवास्ता गरेको उनको गुनासो छ । ‘शान्ति सुरक्षा दिलाई पाऊँ’ भनी उनले गएको जेठ १३ गते महानगरीय प्रहरी परिसर प्रमुख टेकुलाई समेत निवेदन दिइसकेकी छिन् । साथै, आफूमाथि चरम अन्याय भएको कारण खुलाउँदै राष्ट्रिपति विद्यादेवी भण्डारीसमक्ष पनि ‘न्याय दिलाई पाऊँ’ भनी निवेदन दिएकी छन् । तर कतैबाट उनको याचनाको सुनुवाई भएको छैन ।

विजेन्द्रले बाहिरिया मान्छे ल्याएर घरको झ्याल, ढोका र भाँडावर्तन समेत तोडफोड गरेका छन् । उनले दिनदिनै धम्की दिइरहेको पीडितले बताइन् । अहिले चिनियादेवी श्रीमान त्रिलोकान्धको खोजीमा छन् । यसै सिलसिलामा चिनियादेवीले गएको जेठ १८ गते अनामनगरस्थित संवाद डबलीमा एक पत्रकार सम्मेलन गरी आफूमाथिको अन्यायबारे बेलिविस्तार सुनाइन् र न्याय दिलाउन सबैसँग अनुरोध गरिन् । यसबारे बुझ्न अनलाइन डबलीले बुझ्न सम्पर्क गर्दा हरेकपटक त्रिलोकान्धको मोवाइल छोरा नवराजले मात्र उठाइरहे । उनी सम्पर्कमा अाउन चाहेनन् ।

समस्या कसरी शुरु भयो ?

जब यौनलम्पट त्रिलोकान्धले बाहिरिया ‘केटा’हरु समेत लगाएर चिनियादेवीसँग शारीरिक सम्बन्ध राख्नेबारे सोच्ने र उस्तै व्यवहार गर्न थाले, त्यसले दुईबीच गम्भीर समस्या पैदा गरायो । यसबाट अन्य पात्रसँग पनि यौनसम्बन्धमा फसाएर चिनियादेवीलाई बद्नाम गराउने र श्रीमतीको दर्जाबाट गिराउने दाऊमा त्रिलोकान्ध लागेको कुरा प्रष्टै बुझ्न सकिन्छ । तर अस्मितासँग सम्झौता गर्न चिनियादेवीले अस्वीकार गरिन् । र, कुकर्मलाई असफल पारिदिइन् ।

त्यसपछि त्रिलोकान्ध जसरी पनि चिनियादेवीलाई अाफ्नो श्रीमती नाता प्रमाणित गर्नुको साटो घरैबाट निकाल्ने योजनामा लागे । चिनियादेवी बसिरहेको घर समेत बेचिदिए । अहिले त्रिलोकान्ध चिनियादेवीको ३५ लाख रुपैयाँ नगद र केही गहनासमेत कुम्लाएर सम्पर्कमा नआएका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ