नेकपा नेता-कार्यकर्तालार्इ गिरफ्तार गरिनु निरंकुशता तथा फासिवादकै अभ्यासः वैद्य 

नेकपा नेता-कार्यकर्तालार्इ गिरफ्तार गरिनु निरंकुशता तथा फासिवादकै अभ्यासः वैद्य 

  • आइतवार, असार १७, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.3K
    SHARES

१७ असार,काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले  शान्तिपूर्ण कार्यक्रमबाट हस्तक्षेप गरी सरकारले नेपाल कम्युनिस्ट पार्टीका नेता ईश्वरीप्रसाद दाहाल ‘असारे काका’, पोलिटब्यूरो सदस्य भरत बम ‘रणबीर’, पदम राई ‘विकास’लगायत नेताकार्यकर्तालाई गिरफ्तार गरेर फासिवादी कदम उठाएको भन्दै आक्रोश व्यक्त गर्नुभएकाे छ ।

आइतबार महासचिव वैद्यले प्रेस वक्तव्य जारी गरि हालै भएको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तामाथिको धरपकड र हिरासतमा राख्ने सरकारको कदमको भत्सर्ना गर्दै रिहाईको माग गर्नुभएकाे छ ।

‘शान्तिपूर्ण कार्यक्रममा भेला भइरहेको बेला नेकपासित सम्बद्ध असारे काका, पदम राई, भरत बमलगायतका करिब ४ दर्जन जति नेता तथा कार्यकर्ताहरुलाई गिरफ्तार गरी प्रहरी हिरासतमा राखिएप्रति गम्भीर ध्यानाकर्षण भएको’ जनाइएको छ । विज्ञप्तीमा भनिएकाे छ ।

कम्युनिस्ट नामधारी सरकारले गरेको यो हर्कत निरंकुशता भएको भन्दै उहाँले बिनाकारण गिरफ्तार हिरासतमा राखिराखेका सबैलाई अविलम्ब रिहा गर्न सरकारसँग जोडदार माग गरर्नुभएकाे छ ।

‘आफूलाई कम्युनिष्ट तथा वाम बताउने सरकारको यस प्रकारको निन्दनीय गतिविधिको हामी कडा विरोध तथा भत्र्सना गर्दछौं’ जारी वक्तव्यमा भनिएको छ ।

ओली सरकार फासिवादको अभ्यासमा लागेको बताउँदै राजनीतिक अधिकारलाई कुण्ठिथ गर्ने गरी गरिएको हस्तक्षेप निन्दनीय भएको बताउनु भयाे । ‘शान्तिपूर्ण रुपमा कार्यक्रम गरिरहेको समयमा यसरी गिरफ्तार गरिनु निरंकुशता तथा फासिवादकै अभ्यास हो’ जारी वक्तव्यमा उल्लेख छ । साथै सबै नेता कार्यकर्ताको तुरुन्त रिहा गर्न सरकारलाई चेतावनी दिइएको छ ।

शनिबार काठमाडौंको नेपालटारस्थित ग्रामीण आदर्श कलेजबाट धु्रवीकरण कार्यक्रमस्थलबाट प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका नेता ईश्वरीप्रसाद दाहाल ‘असारे काका’, पोलिटब्यूरो सदस्य भरत बम ‘रणबीर’, पदम राई ‘विकास’, केन्द्रीय सदस्य मकर गुरुङ, काठमाडौं सेक्रेटरी भृकुटी, जनगणतान्त्रिक सम्पर्क मञ्चका कैन्द्रीय हध्यक्ष रत्न मगरलगायत ५० नेता कार्यकर्तालाई घेरा हालेर गिरफ्तार गरी हिरासतमा राखिराखेको छ । साथै रिहाईको माग गरिएको छ । ‘रणबीर’लाई भने सुन्धाराबाट गिरफ्तार गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ