१७ असार, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्यूरो सदस्य जीवन्तले राज्यशक्तिको चरम दुरुपयोग गरेर प्रधानमन्त्री केपी ओलीले देशलाई फासिवादतिर धकेको बताउनु भएकाे छ ।
उहाँले शान्तिपूर्ण कार्यक्रममा हस्तक्षेप सरकारको फासिवादी चरित्र उदांगो भएकोबताउनुभयाे । शनिबार पार्टी प्रवेश कार्यक्रमबाट पार्टीको सल्लाकार समितिका अध्यक्ष इश्वरी दाहाल, पोलिट्ब्यूरो सदस्य भरत बम, पदम राई, केन्द्रीय सदस्य मकर गुरुङसहित ४० जना नेता–कार्यकर्तालाई गिरफ्तार गरेर सरकारले नागरिकको न्यूनतम अधिकारमाथि नै हस्तक्षेप गरेको बताउनु भयाे ।
“ओली नेतृत्वको सरकार कति फासिवादी छ भन्ने शान्तिपूर्ण कार्यक्रमबाट कुरा ८० वर्षीय इश्वरी दाहाललाई गिरफ्तार गरेबाटै पुष्टि भएको उहाँले भन्नुभयाे, सरकारको यस्तो हरकतको पार्टीले देशभर भण्डाफोर गर्ने छ ।
सरकारको रबैयालाई जनताको बीचमा लाने भन्दै उहाँले, “राज्यशक्तिको चरम दुरुपयोग गरेर देशलाई फासिवादतिर धकेल्न कार्यको चौतर्फी राजनैतिक भन्दाफोर अभियान संचालन गर्नु जरुरी छ । हाम्रो पार्टी बिगत ४ महिनादेखि अभियानमा नै छ । अझै यो सरकारको रबैयालाई जनताबीच लैजान्छौं ।”
सरकारको फासिवादी रबैयाविरुद्ध देशभक्त, वामपन्थी, गणतन्त्रवादी शक्तिसँग हातेमालो गरेर अगाडि बढ्ने उहाँकाे भनाइ छ ।
जीवन्तले गिरफ्तार सम्पूर्ण नेताहरुको रिहाईको माग गरेका छन् । उनले रिहा नगरे पार्टी कडा संघर्षको घोषणा गर्न बाध्य हुने चेतावनी समेत दिनुभयाे ।