एकैसाथ ४० नेता गिरफ्तार गरेपछि नेकपा आक्रोशित, प्रतिरोधमा उत्रन विप्लवको आह्वान

एकैसाथ ४० नेता गिरफ्तार गरेपछि नेकपा आक्रोशित, प्रतिरोधमा उत्रन विप्लवको आह्वान

  • आइतवार, असार १७, २०७५
  • मिर्मिरे अनलाइन

  • 21.6K
    SHARES

१७ असार,काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सरकारको फासिवादी कदमविरुद्ध प्रतिरोध गर्न आह्वान गर्नुभएको छ ।
दुई जना पोलिट्ब्यूरो सदस्य र सल्लाहकार समिति अध्यक्षसहित ४० नेतालाई गिरफ्तार गरेपछि महासचिव विप्लवले आज विज्ञप्ति जारी गरेर सरकारले आफ्नो पार्टीमाथि अघोषित रुपमा प्रतिबन्द लगाएको बताउनुभयो ।
संसदीय दलहरूले नै बनाएको भनिएको संविधानमा राखिएका प्रावधानहरूलाई लत्याएर नेपाल कम्युनिस्ट पार्टीको गतिविधिमाथि सरकारले अघोषित प्रतिबन्ध लगाएको उहाँको भनाई छ ।
केपी ओलीको नेतृत्वमा सरकार गठन भएदेखि नै जनयुद्ध र जनआन्दोलनद्वारा प्राप्त सीमित राजनीतिक उपलब्धिहरू खोस्दै गएको प्रष्ठ पार्दै महासचिव विप्लवले बताउनु भयो ।
अहिले नेकपाका दर्जनौँ नेतारकार्यकर्ताले जेलजीवन बिताईरहेका छन् छन् भने सयौँ कार्यकताहरूमाथि झूट्टा मुद्दा लगाइएको छ ।
काठमाडौँमा शनिबार आयोजित ध्रुविकरण कार्यक्रमबाट नेकपाका केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष ईश्वरी दाहाल ‘असारे काका’, पोलिटब्युरो सदस्य, जनपरिषद् नेपालका उपप्रमुख एवम् पूर्वमन्त्री पदम राई, पोलिटब्युरो सदस्य भरत बम, केन्द्रीय सदस्य मकर गुरुङ, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी महासचिव धीरेन्द्रा उपाध्याय, जनगणतान्त्रिक मञ्चका संयोजक रत्न थापालगायत ४० नेतालाई एकैसाथ प्रहरीले गिरफ्तार गरेको थियो ।
महासचिव विप्लवले गिरफ्तार नेताहरुको रिहाईको माग पनि गर्नुभएको छ । साथै, रिहा नगरे सशक्त संघर्षमा जान बाध्य हुने चेतावनी पनि विज्ञप्तिमा दिइएको छ ।
सरकारले काठमाडौँका विभिन्न स्थानहरूमा सभासम्मेनलमाथि पूर्ण प्रतिबन्ध लगाई हिजोकै राजतन्त्रात्मक निरङ्कुश शासनको झल्को दिइरहेको भन्दै महासचिव विप्लवले सरकारको उक्त निरङ्कुश कदमको घोर निन्दा गर्नुका साथै देशभक्त, सच्चा जनवादी, नागरिक समाज एकजुट भएर प्रतिवाद गर्न पनि विज्ञप्तिमार्फत आह्वान गर्नुभएको छ ।

विज्ञप्तिको पूर्णपाठः

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ