चिकित्सा शिक्षा विधेयक पारित गर्ने सरकारको तयारी

चिकित्सा शिक्षा विधेयक पारित गर्ने सरकारको तयारी

  • आइतवार, असार १७, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

काठमाडौं, असार १७ ।

सरकारले फाष्ट ट्रयाकबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेको छ । गत शुक्रवार संघीय संसद सचिवालयमा दर्ता गराएको उक्त विधेयक सरकारले आज प्रतिनिधिसभामा प्रस्तुत गर्न लागेको हो ।

सम्भवतः सरकारले आज एकल कार्यसूची सहित सो विधेयक प्रस्तुत गर्नेछ । चिकित्सा शिक्षा सुधारका माग राख्दै त्रिवि शिक्षण अस्पतालका चिकित्सक प्राध्यापक डा.गोविन्द केसी अनसन बसेको एक दिन पछि नै उहाँको माग विपरितका प्रावधान समेट्दै सरकारले विधेयक पारितको प्रक्रिया अगाडि बढाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले आजको बैठकमा विधेयक प्रस्तुत गर्नुहुनेछ । प्रतिनिधिसभा नियमावली २०७५ को नियम २५० को उपनियम एक मा कुनै पनि विधेयकमाथि संशोधन दर्ताको समय ७२ घण्टा हुने उल्लेख छ ।

प्रतिनिधिसभा नियमावली मिच्दै नेकपाका मुख्य सचेतक देव गुरुङले सो नियमावली निलम्बनको प्रस्ताव समेत आजैको बैठकमा प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ । ७२ घण्टाको समयसीमा हटाउदै सरकारले एक दुई दिन भित्रै विधेयक पारितको प्रक्रिया अगाडि बढाएको हो ।

यसअघि डा. केसीसँग भएको सहमति विपरित सरकारले काठमाडौं उपत्यकामा समेत मेडिकल कलेज खोल्न पाउने, आफ्नै अस्पताल नभएपनि कलेज खोल्न आशयपत्र दिन सकिने गरी सीटीईभीटीको सम्बन्धनमा चलखेल गर्न चिकित्सा शिक्षाको परिभाषा परिवर्तन र सार्वजनिक कलेजमा ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्था हटाउदै सरकारले विधेयक दर्ता गराएको हो ।

एउटा विश्वविद्यालयले ५ भन्दा बढी कलेजलाई सम्बन्धन दिन नपाउने, अस्पताल तीन वर्ष पूर्ण रूपमा सञ्चालन भएको हुनुपर्ने, काठमाडौं उपत्यकामा १० वर्षसम्म सम्बन्धन नदिने अध्यादेशमा भएको प्रावधान हटाएर सरकारले प्रतिस्थापन विधेयक संसदमा दर्ता गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ