१६ असार, काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टीका नेता एवं सल्लाहकार समिति संयोजक एवं ईश्वरी दाहाल ‘असारे काका’ र पोलिटब्युरो सदस्य पदम राई ‘विकास’ लगायतलाई अाज गिरफ्तार गरि महानगरीय प्रहरी वृत्त बालाजुमा राखिएको छ ।
नेपालटारस्थित ग्रमिण आदर्श माविबाट गिरफ्तार गरिएका अर्का नेता एवं केन्द्रीय सदस्य मकर गुरुङलाई पनि त्यही राखिएको छ । अन्य पचास भन्दा बढी कार्यकर्तालाई प्रहरीले घेरा हाली गिरफ्तार गरी गाडीमा राखेर वृत्तमा पुर्याएको गिरफ्तारमध्येका एक जनाले बताए ।
गिरफ्तबारे वृत्तमा सम्पर्क गर्दा सोधपुछ भइरहेको हुनाले अहिले केही भन्न नमिल्ने जानकारी दिएको छ । वृत्तबाट खटिएको टोलीले उनीहरुलाई गिरफ्तार गरिएको हो । राई यसअघि गत असोजमा पार्टी निकट युवाहरुको संगठनको राष्ट्रिय सम्मेलनस्थल पूर्वबाट झुठा आरोपमा गिरफ्तार गरी पछि अदालतको आदेशमा रिहाई भएका थिए ।
उक्त कार्यक्रम विभिन्न पार्टीका नेता कार्यकर्ता नेकपामा प्रवेश गर्नेहरुका लागि जनगणतान्त्रिक सम्पर्क मञ्चद्वारा आयोजित ‘धु्रवीकरण तथा पार्टी’ थियो ।
उक्त कार्यक्रम विभिन्न पार्टीका नेता कार्यकर्ता नेकपामा प्रवेश गर्नेहरुका लागि जनगणतान्त्रिक सम्पर्क मञ्चद्वारा आयोजित ‘धु्रवीकरण तथा पार्टी’ थियो ।
