१६ असार,काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता ईश्वरी दाहाल ‘असारे काका’ र पदम राई ‘विकास’ सहित दर्जनाै नेता कार्यकर्तालाई प्रहरीले काठमाडाैंबाट अाज गिरफ्तार गरेको छ ।
दिउँसो पार्टी प्रवेशका कार्यक्रममा सहभागी भइरहेका बेला नेपालटारस्थित मनमैजुका ग्रामीण आदर्श माविबाट असारे काका र राईलाई कार्यक्रमस्थलबाट भर्खरै गिरफ्तार गरिएको नेकपाले जनाएको छ ।
‘असारे काका’ पार्टीको सल्लाहकार समिति संयोजक र राई पोलिटब्यूरो सदस्य हुन् ।
विभिन्न पार्टीबाट आज नेकपामा प्रवेश गर्ने कार्यक्रम आयोजना गरिएको थियो । दुई नेतासहित कार्यक्रमस्थलबाट ५० जना नेता कार्यकर्तालाई प्रहरीले बल प्रयोग गरी गिरफ्तार गरेको नेकपाले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline