प्रधानमन्त्री ओलीलाई भट्टराईको जवाफ, उखान टुक्का र मजाकले मुलुकको विकास हुँदैन

प्रधानमन्त्री ओलीलाई भट्टराईको जवाफ, उखान टुक्का र मजाकले मुलुकको विकास हुँदैन

  • शनिबार, असार १६, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.3K
    SHARES

गोरखा, असार १६ ।
नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराइले वाम गठवन्धनको सरकार नीति तथा कार्यक्रम छनौटमा चुकेको बताउनु भएको छ ।

आज गोरखाको सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले उखान टुक्का र मजाकले मुलुकको विकास नहुने बताउनु भएको हो ।

पूर्व प्रधानमन्त्री एवं गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य डा. भट्टराइले प्रधानमन्त्री केपि शर्मा ओलीले मुलुकको वर्तमान आवश्यकताबारे जोड नदिई पानी जहाज र रेलको कुरा गरिरहेको बताउनु भयो ।

सबै स्थानीय तह र वडाको केन्द्रसम्म कम्तिमा बाह्रै महिना सवारी चल्ने सडक हुनुपर्ने उहाँले बताउनु भयो । अहिलेको सरकारमा अहंता बढेको आरोप लगाउदै उहाँले विकास र समृद्धिबारे सरकारलाई ज्ञान नभएको बताउनु भयो ।

कमिसनखोरी र भ्रष्टाचार अन्त्यका लागि पनि सरकारले पहल नगरेको उहाँको आरोप छ । ठेकेदारी प्रथामा देखिएको विकृति बिसंगतिलाई सरकारले प्रश्रय दिइरहेको भन्दै उनले यसको अन्त्यमा जोड दिनुभयो ।

प्रधानमन्त्रीको चीन भ्रमण व्यावहारिक नभएको भट्टराईको टिप्पणी छ । राष्ट्रिय गौरवको बूढीगण्डकी जलबिद्युत आयोजना अहिलेसम्म कुन मोडेलमा बन्ने यकीन नगर्दा समस्या भएको उहाँको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ