तारणि प्रसाद कोइराला संचारग्रामको निर्माणकार्य समयमै सम्पन्न गर्न निर्देशन

तारणि प्रसाद कोइराला संचारग्रामको निर्माणकार्य समयमै सम्पन्न गर्न निर्देशन

  • शनिबार, असार १६, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

विराटनागर, असार १६ ।
सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले विराटनगरमा निर्माणधीन अवस्थामा रहेको तारणि प्रसाद कोइराला संचारग्रामको निर्माणकार्य समयमै सम्पन्न गर्न निर्देशन दिनु भएको छ ।

आज विहान भवनको निरीक्षण तथा अवलोकन गर्दै मन्त्री बाँस्कोटाले यस्तो निर्देशन दिनु भएको हो । नेपाल सरकारको १८ करोड २५ लाख ५२ हजार रुपैयाँको लागतमा उक्त संचारग्राम १८ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता रहेको छ ।

करिब चार कट्ठा क्षेत्रफलमा निर्माणधीन सो भवन स्टिल स्टकचरमा निर्माण हुनेछ । २०७४ मंसिरबाट निर्माण शुरु गरिएको सो चार तल्ले भवन आगामी जेठसम्ममा सम्पन्न हुनेछ ।

रविना जोशी जेभीले ठेक्का लिएको भवनको कार्यान्वय गर्ने विराटनगर महानगरपालिका कार्यालय रहेको छ । भवनको २२ प्रतिशतको काम पूरा भएको र बाँकी काम पनि छिट्टै सक्ने निर्माण पक्षले जानकारी दिएको थियो ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले समयभित्रै भवन निर्माण सक्न महानगरपालिकाले अनुगमन गरिरहेको जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ