महिना दिन नपुग्दै नाली भत्कियो,यस्तो छ प्रदेश ७ को राजधानीमा असारे विकास

महिना दिन नपुग्दै नाली भत्कियो,यस्तो छ प्रदेश ७ को राजधानीमा असारे विकास

  • शनिबार, असार १६, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

सीताराम ओझा/१६ असार,धनगढी । बजेट सक्न असारमा झारा टार्न विकास हुँदै आएको छ । असारमा गरिएको विसका बढीमा महिना दिन पनि नटिक्ने भन्दै जनस्तरबाटै विरोध भइरहेपनि यो रोकिएको छ । विकास थोरै बजेट लगाउने र बाँकी रकम सबै मिलेर कुम्ल्याउने भएकोले असारे विकास रोक्नुपर्ने माग भइरहेको छ ।

जति विरोध हुँदा पनि असारे विकास रोकिएको छैन । जुन एक महिना पनि टिक्दैनन । यसैबीच प्रदेश नम्बर सातको राजधानीमै गरिएको विकास महिना दिन नपुग्दै भत्किएको छ ।

धनगढी उपमहानगरपालिका सघन शहरी विकास कार्यक्रम अन्तर्गत निर्माण भइरहेको सडकमा बनाइएको नाली महिना दिन नपुग्दै भत्किएको छ । वडा नम्वर ४ को तुलसी टोल– भगवती टोल–कैलाली गाउँ जोड्ने सडकमा निर्माण गरिएको पानी निकासको नाली बनेको एक महिना नपुग्दै भत्किएको हो । १७ सय मिटर लम्बाईको सडकमा बनाइएको नाली भत्किएको स्थानीय बताएका छन् । नाली निर्माणमा लापरवाही र गुणस्तरहीन सामाग्रीको प्रयोग भएको स्थानीयको भनाई छ ।

सघन शहरी विकास कार्यक्रमको प्याकेज ८ मा तुलसी टोल– भगवती टोल–कैलाली गाउँ सडकसँगै पिपलचौतारा– जाई–मटीयारी र जाली–विजुलीया गरी तीन सडक निर्माणको काम पिएस–एडभेन्सर–रोयल जेभीले ९ करोड ९४ लाखमा ठेक्का सम्झौता गर्दै काम गरिरहेको छ । तर नाली भत्किएको बारेमा आफुहरुलाई थाहा नभएको सो सडक निर्माणको जिम्मा लिएका टेकबहादुर मल्लले बताए ।

योजनाको नियमन गर्ने जिम्मा पाएको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धनगढी पनि यस बारेमा अनविज्ञ रहेको छ । सघन शहरी विकास कार्यक्रम हेरिरहेका इन्जिनियर उमेश चौधरीले नाली भत्किएको बारे जानकारी नआएको र अब फिल्डमा गएर अनुगमन गर्ने जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ