संसदमा प्रधानमन्त्री ओलीले जवाफ दिदै, आजै विनियोजन विधेयक पारित गर्ने

संसदमा प्रधानमन्त्री ओलीले जवाफ दिदै, आजै विनियोजन विधेयक पारित गर्ने

  • शुक्रबार, असार १५, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौं असार १५, ।

आगामि आर्थिक बर्षको विनियोजन विधेयक आज प्रतिनिधीसभामा पारित गर्ने कार्यसूची छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यव्यस्तताका कारण विनियोजन विधेयकमाथिको छलफल हिजो नसकिएपछि विधेयक पारितको कार्यसूची आजलाई साारिएको हो ।

नयाँ बानेश्वरस्थित संसद भवनमा केहिबेरमा बैठक बस्दै छ ।
सभामुख कृष्णबहादुर महराले सांसदहरुले राखेको मन्त्रालयगत खर्च कटौतीको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नुहुनेछ । सो लगत्तै अर्थमन्त्री युवराज खतिवडाले विधेयक पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने संघीय संसद सचिवालयका सहप्रवक्ता केशव अर्यालले जानकारी दिनुभयो ।

सो अघि प्रधानमन्त्री ओलीले आफु मातहत रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुहुनेछ ।

अर्थमन्त्री खतिवडाले आजै आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकमाथि बिचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । प्रतिनिधिसभाको आजको बैठकले आर्थिक विधेयकमाथि दफावार छलफलको समय तोक्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ