प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवालाई किन भेट्दैछन् ?

प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवालाई किन भेट्दैछन् ?

  • बुधबार, असार १३, २०७५
  • मिर्मिरे अनलाइन

  • 37.1K
    SHARES

काठमाडौं, असार १३ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदीय समिति गठनमा दलीय सहमति खोज्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्दै हुनुहुन्छ ।

संसदमा गठन हुने बिषयगत समितिको नेतृत्व लगायतका बिषयमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षीबीच दुरी बढेपछि प्रधानमन्त्री ओलीले सभापति देउवासँग छलफल गर्न लाग्नुभएको हो ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार दिउँसो हुने छलफल समितिको नेतृत्व तथा सदस्य संख्यामा रहेको बिवाद समाधानमा केन्द्रित रहनेछ ।

प्रतिनिधिसभाका १०, राष्ट्रिय सभाका ४ तथा २ संयुक्त समितिको गठन, नेतृत्व र सदस्यहरुको नाममा दलीय विवाद देखिएको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय समितिमा आफ्नो स्थान सुनिश्चित नभएसम्म नाम नदिने तथा आफ्नो दलले नेतृत्व पाउने समिति यकिन हुनुपर्ने अडान राख्दै आएको छ ।

संसदमा आफ्नो २३ प्रतिशत प्रतिनिधित्व रहेको भन्दै कांग्रेसले सोही आधारमा संसदीय समितिको भागबण्डा हुनुपर्ने अडान राख्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ