१२ असार,काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले विभिन्न विभाग गठन गरेको छ । हालै बसेको केन्द्रीय कार्यालय बैठकले २१ विभाग गठन गरेको हो ।
पार्टीका महासचिव कर्णजीत बुढाथोकी ‘सुशील’ले दिएको जनाकारी अनुसार बैठकले जबस, सहिद तथा पूर्व जनमुक्ति सेना, आर्थिक, स्कूलिङ, क्रान्तिकारी संयुक्त मोर्चा, अनुशासन, राज्य व्यवस्था तथा संसदीय मोर्चा, गणतान्त्रिक मंच, संगठन, अन्तर्राष्ट्रिय, कार्यकर्ता व्यवस्थापन, शिक्षा, स्वास्थ्य, विज्ञान तथा प्रविधि, ऊर्जा तथा जलस्रोत, पर्यटन, संचारलगायतका विभाग गठन गरेको छ ।
जनवर्गीय संगठन र आर्थिक विभागको प्रमुख पार्टी अध्यक्ष गोपाल किराँती, क्रान्तिकारी संयुक्त मोर्चा, सुशासन र अनुशासन विभाग उपाध्यक्ष भविश्वर पराजुली, राज्य व्यस्था तथा संसदीय मोर्चा र गणतान्त्रिक मंचलाई अर्का उपाध्यक्ष तिलक थापामगर, संगठन, अन्तर्राष्ट्रिय विभाग र सहिद परिवार तथा पूर्व जनमुक्ति सेना विभागको प्रमुख महासचिव सुशीललाई बनाइएको छ ।
त्यसैगरी ट्रेड यूनियन तथा कार्यकर्ता व्यवस्थान सचिव राजन तिमिल्सिना, बुद्धिजीवी विभाग भोजराज बगाले, संचार अनिल अधिकारी र अप्सरा निरौला, उत्पादन विभागको प्रमुखको जिम्मेवारी तिलक कार्की, क्षितिज सुब्बा र कृष्ण बोहोरालाई दिइएको छ । त्यस्तै पर्यटन विभाग प्रमुखको जिम्मा निमा डोमा शेर्पालाई बैठकले दिएको छ ।
महासचिव सुशीलका अनुसार विद्यार्थी संगठनको जिम्मेवारी आलोक रायमाझीलाई दिइएको छ ।
बैठकले राष्ट्रिय स्वाधिनता तथा जनजिवीकाका सवालमा संघर्ष गर्ने निर्णय पनि गरेको छ ।