काठमाडौं, असार १२ ।
चीन भ्रमणका क्रममा भएका सहमति र सम्झौताबारे सदनलाई जानकारी गराउने तयारी स्वरुप प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभालाई सम्बोधन गर्दै हुुनुहुन्छ ।
प्रधानमन्त्री ओलीको संबोधनको कार्यक्रम हिजो दिउँसो नै तय भए पनि अन्तिम समयमा रोकिएको थियो । उहाँले आज गत असार ५ देखि १० गते सम्म गर्नु भएको चीन भ्रमणका क्रममा भएका सहमती र सम्झौता गर्न लाग्नु भएको हो ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा रेल मार्ग, उर्जा, जलस्रोत लगायत साढे एक दर्जन बढी बुँदामा सहमति भएको थियो ।
प्रधानमन्त्री ओलीले चीन जानु अघि भ्रमण एजेण्डा र उद्धेश्यबारे संघीय संसदका दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधिसभालाई जानकारी गराउनु भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline