काठमाडौं, असार ९ ।
हिमाल आरोही कार्माछिरिङ शेर्पाले हिमाल आरोहणका क्रममा ज्यान गुमाएका आरोहीको तथ्यांकलाई समावेश गर्दै वृत्तचित्र सार्वजनिक गर्नुभएको छ ।
शेर्पाले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी आरोही शेर्पाहरुको जीवनीमा आधारित रहेर तयार पारिएको वृत्तचित्र सार्वजनिक गर्नुभएको हो ।
वृत्तचित्रमा समग्र पर्यटन क्षेत्रमा देखिएका बेथितिलाई समेत समावेश गरिएको छ ।
कार्यक्रममा हिमाल आरोही शेर्पाले आरोहीका आश्रित परिवारलाई राज्यले शिक्षा र स्वास्थ्यमा विशेष सहयोग गर्नुपर्ने, वृद्ध आरोहीलाई सामाजिक सुरक्षाको व्यवस्था गरिदिनुपर्ने, पर्यटकको उचित सुरक्षा गर्नुपर्ने बताउनु भएको थियो ।
कार्यक्रमका सहभागीहरुले नेपालका हिमाललाई विश्वमा चिनाउन राज्यले नै पहल गर्नुपर्ने बताएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline