पर्यटकको उद्धार बहानामा मोटो रकम असुल्नेबिरुद्ध छानबिन सुरु, यी हुन् उजुरी परेका संस्था

पर्यटकको उद्धार बहानामा मोटो रकम असुल्नेबिरुद्ध छानबिन सुरु, यी हुन् उजुरी परेका संस्था

  • सोमवार, असार ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमाडौँ, ४ असार ।
सरकारले पदयात्रामा गएका पर्यटक बिरामी भएको बहानामा उद्धार गरी मोटो रकम असुल्ने संस्था वा निकायमाथि छानविन शुरु गरेको छ ।

नक्कली बिरामी बनाई पर्यटकको उद्धार गरेको विषयमा व्यापक गुनासो आएपछि सरकारले छानविन शुरु गरेको हो ।

सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । समितिलाई यही असार १५ गतेभित्र कारवाहीको सिफारिससहितको प्रतिवेदन पेश गर्ने अख्तियारी दिइएको छ ।

मुलुकका विभिन्न स्थानमा पदयात्रा र पर्वतारोहणमा जाने पर्यटकलाई लेक लाग्नेलगायतका स्वास्थ्य समस्या तथा अन्य विपद्को उद्धारको नाममा फर्जी विवरण तयार पार्ने गरेको पाइएपछि सरकारले कडा नीति अख्तियार गरेको हो ।
विपद् उद्धारको नाममा फर्जी विवरण तयार पारी बीमा रकम दाबी गर्ने र ठगी गर्ने गरेको पाइएपछि नेपालको पर्यटन क्षेत्रमा नकारात्मक असर परेको छ ।

सरकारले गठन गरेको छानविन समितिका संयोजक एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव उपाध्यायले छानविन प्रक्रिया शुरु भएको जानकारी दिनुभयो । उहाँले नेपालको पर्यटन उद्योगलाई नै नकारात्मक असर पु¥याउने गरी भइरहेको गलत धन्दालाई नियन्त्रण गर्नुपर्ने भएकाले सरकारले कडाइका साथ हेरेको बताउनुभयो ।

गैरकानूनी क्रियाकलापले नेपालको पदयात्रा तथा पर्वतारोहण सम्बन्धमा अन्तर्रा्ष्ट्रिय जगत्मा नकारात्मक सन्देश गएको छ । सरकारले नेपालको पर्यटन क्षेत्रलाई आर्थिक समृद्धिको आधारका रुपमा स्थापित गर्दै कूल गार्हस्थ्य उत्पादनमा २५ प्रतिशत योगदान पु¥याउने लक्ष्य राखेको छ ।

नक्कली बिरामी बनाउने तथा फर्जी बिल बनाई गलत धन्दा गर्ने प्रवृत्तिले समग्र पर्यटन क्षेत्रमा असर पर्ने भएकाले त्यस्तो क्रियाकलापलाई छुृट दिन नसकिने सरकारको भनाइ छ । मन्त्रालयले गठन गरेको छानविन समितिले अध्ययन शुरु गरेको छ । समितिमा १३ टे«किङ कम्पनी, १० हेलिकप्टर कम्पनी र सातवटा अस्पतालविरुद्ध समेत उजुरी परेको छ । उजुरीमाथि छानविन भइरहेको छ ।

नेपालका बीमा कम्पनीले बीमा गर्न सक्दैनन् भन्नेजस्ता त्राससमेत पर्यटकलाई देखाउने गरिएको व्यवसायीको भनाइ छ । सरकारले गठन गरेको छानविन समितिले बिरामी उद्धारमा संलग्न भनिएका कम्पनी तथा हेलिकप्टर कम्पनीसँग विवरण माग गरेको छ । नेपालको पर्यटन उद्योगमा फैलँदै गएको गलत धन्दालाई पूर्णरुपमा बन्देज लगाउन सरकारी तथा निजी क्षेत्रको साझा प्रयत्न जरुरी देखिएको समितिको भनाइ छ ।

टे«किङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)का अध्यक्ष नवराज दाहाल छानविन समिति गठन हुनु स्वागतयोग्य रहेको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ