बागलुङमा पर्यटन प्रवद्र्धनको पहल

बागलुङमा पर्यटन प्रवद्र्धनको पहल

  • सोमवार, असार ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

बागलुङ, ४ असार।

पर्यटन प्रवद्र्धनको उद्देश्यले बागलुङ पर्यटन विकास समिति गठन भएको छ ।

समितिले तत्कालीन कार्ययोजना बनाएर काम थालेको छ । यसअघि जिल्लास्तरमा एकीकृत ढंगले पर्यटनको काम गर्ने संस्थाको अभाव थियो । पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धनका क्षेत्रमा समितिले काम गर्ने अध्यक्ष राजु खड्काले बताउनुभयो ।

सरकारी संयन्त्रसँग सहकार्य गर्दै अघि बढ्ने योजना रहेको खड्काको भनाइ छ । शुरुमा जिल्लाभरका पर्यटकीय सम्पदाको यथार्थ विवरण संकलन गरिनेछ । “तत्कालै जिल्लाको पर्यटकीय सम्भावना झल्कने वृत्तचित्र बनाउने योजना छ”, उहाँले भन्नुभयो । पर्यटन गुरुयोजना निर्माण र बागलुङलाई पर्यटकीय जिल्लाका रुपमा घोषणा गर्न पनि समितिले पहल थाल्नेछ ।

पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको बागलुङलाई पर्यटन बजारमा उजागर गरिने समितिका उपाध्यक्ष राज थापाले बताउनुभयो । धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षण तथा पुनःनिर्माणमा सरकारको ध्यानाकर्षण गराइने उहाँको भनाइ छ । “सरकारी र निजी क्षेत्रको लगानीमा गर्न सकिने पर्यटन विकासका काममा पनि हामी समन्वय गर्छौं,” थापाले भन्नुभयो ।

समितिले जिल्लामा पहिचान बोकेका सांस्कृतिक पर्वको संरक्षण गर्न विशेष योजना बनाउने भएको छ । मेला, पर्वलाई व्यवस्थित र मौलिक स्वरुपमै सञ्चालन गर्न पहल गरिने थापा बताउनुहुन्छ । संघ, प्रदेश सरकार र जिल्लामा रहेका सबै स्थानीय तहसँग सहकार्य गरिनेछ ।

समितिको उपाध्यक्षमा थापासँगै शेरमान घर्ती, सचिवमा अर्जुन चोखाल, सहसचिवमा निलेश राजभण्डारी र कोषाध्यक्षमा मुकेश राजभण्डारी रहनुभएको छ । सदस्यहरुमा दिल शिरीष, गण्डकी थापा, हिरा पुन, सुरज थापालगायत तथा लेखा समिति संयोजकमा विष्णु अधिकारी रहनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ