विराटनगर महानगरपालिकालाई बेलायतीको भगिनी शहर बनाउने !

विराटनगर महानगरपालिकालाई बेलायतीको भगिनी शहर बनाउने !

  • सोमवार, असार ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

विराटनगर, ४ असार ।
नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिसले विराटनगर महानगरपालिकालाई बेलायतीको भगिनी शहर बनाउन प्रयास गर्ने बताउनुभएको छ ।

विराटनगर महानगरपालिकाका प्रमुख भीमप्रसाद पराजुली र उपप्रमुख इन्दिरा कार्कीसँग आज भएको भेटमा उहाँले महानगरपालिकाले अपनाएको रणनीति तथा विकासका योजना प्रशंसनीय रहेको बताउनु भयो ।

राजदूत मोरिसले नेपालमा नयाँ संरचनाअनुसार बनेको तीन तहको सरकारमा विराटनगर महानगरपालिकाको भूमिका एवं रणनीतिको बारेमा राखेको जिज्ञासामा प्रमुख पराजुलीले समाजमा उन्नति एवं प्रगति गर्न सामुदायिक विद्यालयमा सुधार गर्नुपर्ने खाँचो आंैल्याउनुभयो ।

उहाँले विराटनगर महानगरपालिका क्षेत्रमा रहेका ५४ वटा सामुदायिक विद्यालयमा पाँच वटालाई नमूना विद्यालय बनाउन रु ५० लाख विनियोजन गरेको र ३२ वटा विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गराएको जानकारी दिनुभयो ।

उहाँले नगर क्षेत्रमा पूर्वाधार र सामाजिक कार्य गर्न वित्तीय अभाव रहेकाले दातृ निकायसँग सहयोगको अपेक्षा समेत गर्नुभयो ।
विपन्न परिवारको मानिसको शिक्षामा पहँुंच नभएसम्म विकासको मूलधार पहिल्याउन गाह्रो हुने भन्दै प्रमुख पराजुलीले शिक्षा र स्वास्थ्यमा आमूल परिवर्तन गर्न प्रदेश सरकारले शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।

विराटनगर क्षेत्रलाई ऐतिहासिक शहरको रुपमा विकास गर्न आफू लागिपरेको उल्लेख गर्दै प्रमुख पराजुलीले बेरोजगारी समस्या समाधान गर्न र स्वरोजगार सिर्जना गर्न कक्षा १२ सम्मलाई प्राविधिक बनाउन आवश्यक छलफल गरिरहेको बताउनुभयो ।

निजी क्षेत्रसँग सहकार्य गरेर विराटनगर क्षेत्रको विकास गर्न आफू निरन्तर प्रयत्नशील रहेको भन्दै उहाँले स्वास्थ्य क्षेत्रमा फड्को मार्न कोशी अञ्चल अस्पताललाई शिक्षण अस्पताल बनाउन पहल गरिरहेको उल्लेख गर्नुभयो ।

सो अवसरमा उपप्रमुख इन्दिरा कार्कीले एक वर्षको अवधिमा न्यायिक समिति बनेको र अहिलेसम्ममा करिब १०० वटा मुद्दा छिनोफानो गरेको जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ