काठमाडौँ महानगरपालिकाकाको नीति कार्यक्रमः ऐतिहासिक सम्पदाको पुनःनिर्माण प्राथमिकतामा

काठमाडौँ महानगरपालिकाकाको नीति कार्यक्रमः ऐतिहासिक सम्पदाको पुनःनिर्माण प्राथमिकतामा

  • शनिबार, असार २, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौँ, २ असार  ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आव २०७५÷७६ का लागि १६ वटा विषयगत नीतिमा १९१ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।

कामपाले आज यहाँ आयोजना गरेको नगरसभा तथा तेस्रो अधिवेशनमा उहाँले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा समुदायको सीप तथा क्षमता विकासदेखि शहरी समृद्धि, शहरी सेवा सुविधा वितरणमा सन्तुलन, सुशासन, पारदर्शीता, पहुँचयुक्तदेखि प्रदेश सरकार, संघ सरकारसँग मिलेर सम्पादन गर्ने काम तथा अन्तर्राष्ट्रिय सम्बन्धबाट महानगरीय गौरव बढाउने कामसम्म समेटिएको छ ।

महानगरलाई जीवन्त सांस्कृतिक शहरका रुपमा विकास गर्न तथा यसको गौरवलाई उच्च बनाउन लोककल्याणकारी अवधारणा र संविधानले परिकल्पना गरेको शासनमा नागरिकको पहुँचजस्ता सूचकका आधारमा नीति तथा कार्यक्रम तयार पारिएको छ ।

स्थानीय नागरिकको जीवनस्तर उकास्न परम्परागत ज्ञान, सीप र क्षमतालाई प्रश्रय दिने, भौतिक तथा सामाजिक उत्थानको योजना बनाउँदा वातावरणीय पक्षलाई विशेष ध्यान दिइने, महानगरको निर्माणमा समुदाय, सहकारी, गैरसरकारी तथा निजी क्षेत्रको सहभागिता र साझेदारितालाई प्रश्रय दिने, बहुलगानीका सम्भावना बढाइने छ ।

महानगरबासीका चाहनालाई आत्मसात् गर्दै हरेक वर्ष कुनै न कुनै विकासका नयाँ अवधारणा अघि सार्ने नीतिमा उल्लेख छ । त्यस्तै आउँदो वर्षलाई पूर्वाधार विकास वर्ष मानेर काम गर्ने, रानीपोखरी, धरहरा, काष्ठमण्डपलगायत सांस्कृतिक सम्पदाको पुनःनिर्माण महानगरको केन्द्रीय भवन (बागदरबार) को पुननिर्माण गरिने, सार्वजनिक पूर्वाधार निर्माणमा गुणस्तरियता अभिवृद्धि तथा प्रदूषण नियन्त्रणलाई विशेष रुपमा अघि सारिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ