रियादमा नेपालको राजनीतिक अवस्था र प्रवासी नेपालीकाे समस्यबारे अन्तरक्रिया सम्पन्न, विप्लवले आदेश दिए नेपाल फर्किने वाचा

रियादमा नेपालको राजनीतिक अवस्था र प्रवासी नेपालीकाे समस्यबारे अन्तरक्रिया सम्पन्न, विप्लवले आदेश दिए नेपाल फर्किने वाचा

  • शनिबार, असार २, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

२ असार,रियाद । नेपाल कम्युनिस्ट पार्टीको प्रवासी संगठन नेपाली जनप्रगतिशिल मोर्चा साउदीले रियादमा नेपालको राजनीतिक अवस्था र प्रवासी नेपालीहरुले भोगेको समस्यबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

मोर्चाका क्षेत्रीय अध्यक्ष सेती घर्तीमगर ‘कसम’ को अध्यक्षतामा कार्यक्रममा केन्द्रीय सल्लाहकार बिपुल ढुङ्गाना, केन्द्रीय उपाध्यक्ष युवराज कार्की केन्द्रीय कोषाध्यक्ष गोपिला जोसीको सहभागीता थियो ।

प्रमुख अतिथि समेत रहेका केन्द्रीय सल्लाहकार ढुंगानाले मोर्चाले साउदीमा नेपाली कामदारहरुको पक्षमा गरेको काम सन्तोषजनक रहेको भन्दै नेपाली राजनीतिबारे पनि धारणा राखे । उनले नेपालमा कम्युनिस्ट सरकार भनिएपनि दलालीकरण र निरंकुशता बढ्दै गएको बताए ।

उपाध्यक्ष युवराज कार्कीले मोर्चाले साउदीमा मजदुरहरुलाई गर्दै आएको उद्दार र सहयोगलाई जारी राख्दै रचनात्मक तरिकाबाट दलाल मेनपावर ब्यबसायहरुलाई कारवाही गराउन पहल गर्नुपर्ने बताए । उनले नेपाली कामदारलाई अलपत्र पार्ने दलालहरुको लिष्ट तयार पार्न मोर्चाको क्षेत्रीय समितिलाई निर्देशन दिए ।

कोषाध्यक्ष जोशीले मोर्चालाई अझै सशक्त पार्नुपर्ने बताए । रियादमा नेपालीलाई अलपत्र पार्ने दलाल र हुण्डिवालको बिगबिगी भएको भन्दै नामावाली सार्वजनिक गरेर सम्बन्धीत निकायलाई कारवाहीको लागि सहयोग गर्नुपर्ने धारणा राखे ।

कार्यक्रमको अन्तमा संचालक तथा मोर्चाका केन्द्रीय सचिव टिकाराम ओली ‘सुरेश’ ले मोर्चालाई अझै शसक्त बनाउँदै नेपाली युवा–युवतीको जीवनमाथि खेलवाड गर्नेहरुलाई नछोड्ने चेतावनी दिए ।

कार्यक्रमका बक्ताहरुले नेपालमा राजनीति परिवर्तन अझै अावश्यक भएको भन्दै अाफूहरु अावश्यक पर्दा नेपाली फर्किने बताए ।

माेर्चाले पछिल्लाे समय नेपालको राजनीतिक अवस्थाबारे निरन्तर अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम गरिरहेको छ ।

वैदेशिक रोजगारीको क्रममा विभिन्न समयमा साउदी अबरको विभिन्न शहरमा पुगेका नेपालीहरु युवा–युवती नेकपाको प्रवासी संगठनमा संगठित भइरहेका छन् । मोर्चाले नेपाली कामदारहरुका विभिन्न समस्या समाधान गर्दै पनि आएको छ । नेपालका मेनपवार कम्पनी र दलालहरुले फसाएर यहाँ पठाएर अलपत्र परेकाहरुलाई उद्दार पनि मोर्चाले गर्दै आएको छ ।

साउदी पुगेका नेपालीहरुको हक अधिकारलाई कसरी सुरक्षित गर्न सकिन्छ भनेर मोर्चाले अन्तरक्रिया पनि गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी