हाइड्रोपावरसंग सोलुखुम्बु र रामेछापका बासिन्दाको २० बुँदे माग

हाइड्रोपावरसंग सोलुखुम्बु र रामेछापका बासिन्दाको २० बुँदे माग

  • बुधबार, जेष्ठ ३०, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौँ, ३० जेठ ।

सोलुखुम्बु र रामेछापका स्थानीय बासिन्दाले निर्माणाधीन हाइड्रोपावर परियोजना सञ्चालनमा आएपछि स्थानीय जनताले सुविधा पाउनुपर्ने भन्दै २० बुँदे माग अघि सारेका छन् ।

व्यापारी मोती दुगडको नेतृत्व रहेको एमभी दुगड ग्रुपले निर्माण गर्न थालेको हाइड्रोपावर सञ्चालन गर्न स्थानीय जनताको स्वीकृति लिनुपर्ने र जग्गाको मुआब्जा दिनुपर्ने लगायतका माग राखेका छन् ।

मंगलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा त्यहाँका स्थानीय बासिन्दाले विद्युत्गृहको निर्माणबाट प्रभावित बासिन्दालाई रोजगारी, स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधारसहितको ५० श्ययाको अस्पताल निर्माण गर्नुपर्ने माग गरिएको छ ।

नेपाली काँग्रेस सोलुखुम्बुका पूर्वसभापति आङकाजी शेर्पाले नेपाली काँग्रेसले स्थानीय जनताको मागको पूर्ण समर्थन गर्दै स्थानीय पीडितको माग पूरा गरेर तथा जग्गाको मुआब्जा दिएर मात्र विद्युत्गृह सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

स्थानीय बासिन्दा विनोद कार्कीले विद्युत्गृह निर्माण गर्नुअघि वातावरण मूल्याँकन गर्नुपर्ने तथा जग्गा अधिग्रहण सरकारी नियमको परिधिमा गर्नुपर्ने बताउनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ