लाइसेन्सको आवेदन बन्द, असार महिनाका लागि भरिएका फारम पनि नलिने

लाइसेन्सको आवेदन बन्द, असार महिनाका लागि भरिएका फारम पनि नलिने

  • आइतवार, जेष्ठ २७, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

काठमाण्डाै, २७ जेठ  । लाइसेन्सको आवेदन लिने कार्य बन्द गरिएकाे छ ।  यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै विभिन्न मातहतका कार्यालयलाई कुनै पनि फारम नलिन निर्देशन दिएको छ ।

पछिल्ला दिनमा विभागले अनलाइनबाट मात्रै फारम लिँदै आएको थियो । एकान्तकुना, सुकेधारा, जगाति, ठूलो भर्याङ, कोशी, नारायणी, लुम्बिनी, गण्डकी, मेची, सगरमाथा, जनकपुर, धौलागिरी, राप्ती, कर्णाली, भेरी, सेती र महाकालीका कार्यालयलाई अनलाइन फारम रद्द गरिएको जनाउँदै विभागले आवेदन नलिन भनेको हो ।

हालसम्म खुलाइएको अनलाइन फारमको ट्रायल असार १५ भित्र सक्नुपर्ने भएकाे भन्दै विभागले असार महिनाका लागि भरिएका फारम पनि नलिन विभागले भनेको छ ।

अनलाइनबाट फारम भरेकाहरुको असार मसान्तसम्म रिट्रायल सकेर राजश्व लगायतको हिसाव मिलान गर्नुपर्ने कारण देखाउँदै विभागले लाइसेन्सको फारम लिन बन्द गरेको हो ।

विभागका प्रवक्ता तुल्सीराम अर्यालले फारम भरेकाहरुको ट्रायल लिन करिब १५/२० दिन लाग्ने र त्यसपछिको अवधि यस आवको संकलित राजश्वको हिसाव मिलाउन लाग्ने जानकारी दिनुभयाे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ