काम नगर्ने ठेकेदारलाई कारवाहीको सिफारिस, काे काे परे ?

काम नगर्ने ठेकेदारलाई कारवाहीको सिफारिस, काे काे परे ?

  • आइतवार, जेष्ठ २७, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

नुवाकोट, २७ जेठ।

विकास निर्माण तथा भौतिक संरचनाअन्तर्गत ३१ योजनाको काम तोकिएको समयमा पूरा नगर्ने ठेकेदार (व्यवसायी) लाई कारवाहीका लागि प्रशासनले गृहमन्त्रालयमा सिफारिस गरेको छ ।

गृहमन्त्री रामबहादुर थापाको निर्देशन र गृहमन्त्रालयको परिपत्रका आधारमा जिल्ला प्रशासन कार्यालयले संकलन गरेको विवरणअनुसार जिल्लाका चार कार्यालयमार्फत सञ्चालित ती योजना समयमा नै सम्पन्न नगर्ने ठेकेदार कम्पनी र त्यसका सञ्चालकको विवरण कारवाहीका लागि गृहमन्त्रालयमा पठाइएको हो ।

प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाका अनुसार प्राविधिक कार्यालय मातहतका तीन योजना, मध्यमाञ्चल सिँचाइ विकास डिभिजन कार्यालयको पाँच योजना, डिभिजन सडक कार्यालयको बाह्र योजना र शहरी विकास तथा भवन डिभिजन कार्यालयमार्फत ठेक्का भएका एघार योजना तोकिएको समयमा पूरा नगर्ने ठेकेदारको विवरण कारवाहीका लागि गृहमा पठाइएको छ ।

तोकिएको समयमा काम पूरा नभएका योजनामा सडक, स्वास्थ्य चौकी, पक्की पुल, सिँचाइलगायतका योजना छन् ।

भौतिक संरचना निर्माणको भूमिकामा रहेका जिल्लाका बाह्रवटा कार्यालयसँग लिएको तथ्याङ्कमा चार कार्यालयका ३१ योजना निर्माणको जिम्मा लिएका ठेकेदारले तोकिएको समयमा काम नगरेको तथा गरेपनि गुणस्तरहीन गरेको भन्दै कारवाहीका लागि सिफारिस गरिएको प्रजिअ थापाले बताउनुभयो ।

ठेकेदारले जिम्मा लिएका योजना तोकिएको समयमा पूरा नहुनुमा गत वर्ष सम्पन्न निर्वाचन र त्यो समयमा लगाएको निर्वाचन आचारसंहिता, तीन वर्षअघि गएको विनाशकारी भूकम्प र त्यसपछिको नाकाबन्दी, लगातारको वर्षा, निर्माण सामग्रीको अभाव मुख्य कारण देखाइएको छ ।

ठेकेदारको लापरवाही तथा काम नगर्ने मनस्थिति, योजना सञ्चालन भएको स्थानमा स्थानीयवासीको अवरोध, निर्माण व्यवसायी किर्ते अभियोगमा पक्राउ पर्नुलगायतले पनि योजना सम्पन्न गर्न चुनौती देखिएको भन्दै कारवाहीका लागि यहाँको प्रशासनले शुक्रबार गृह मन्त्रालयमा सिफारिस गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ