नेकपाको जनप्रगतिशिल मोर्चाहरुको सक्रियतामा बिमल सहित ७ युवाहरूको सफल उद्धार

नेकपाको जनप्रगतिशिल मोर्चाहरुको सक्रियतामा बिमल सहित ७ युवाहरूको सफल उद्धार

  • आइतवार, जेष्ठ २७, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

काठमाडाैं, २७ जेठ । रोजगारीको सिलसिलामा साउदीमा पुगेर अलपत्र परेका नेपाली युवाहरुको उद्दार गरिएकाे छ । नेपाल कम्युनिष्ट पार्टी निकट नेपाली जनप्रगतिशिल मोर्चा मलेशिया र साउदीस्थित जनप्रगतिशील मोर्चाको संयुक्त पहलमा लामाे समयदेखि अलपत्र परेका बिमल पाण्डे, सन्जय भण्डारी, जसबहादुर राना, खेम बहादुर थापा,मगराज केसी, देवराज राउत, छबिलाल बिकको उद्दार गरिएको हो ।

मलेशिया को जनप्रगतिजनप्रगतिशिल मोर्चाको तर्फ बाट समर्पण भट्टराई सन्तोष योन्जन तामाङ साउदी स्थिति मोर्चाका महासचिव मान बहादुर साकाहारी अध्यक्ष भानु प्रदेशी युबराज कार्की सहित अन्य पदाधिकारी तथा सदस्यहरु को संयुक्त पहल मा उद्दार गरिएको हो उनिहरु लाई लैजाने कम्पनी ले अलपत्र बनाएर छोडेको थियो उद्दारपछि युवाहरुले आफूहरुलाई दलालहरुले फसाउँदा दुःख पाएको बताएका थिए । लामो समयदेखि गुहार गरेपनि कसैले पनि आफ्ना कुरा नसुनेको तर नेकपाको प्रवासी संगठन जनप्रगतिशिल मोर्चाले उद्दार गरेको खेमबहादुर थापाले बताए ।

विप्लव नेतृत्वको नेकपाले अन्यायमा परेकाहरुलाई सहयोग गर्दै आएको आफूहरुले सुनेको तर अहिले आफूले नै न्याय पाएको महशुस गरेको उद्दारपछि उनीहरुले बताए । उद्दार भएपछि ठूलो बाच्ने आशा पलाएको बताउँदै छविलाल विकले नेकपा र विप्लवलाई धन्यवाद समेत दिए ।

उनले आफूहरुजस्तै धेरै नेपाली युवा–युवती विदेशी भूमिमा अलपत्र परेको बताउँदै सबैको उद्दार गर्न मोर्चालाई आग्रह समेत गरेका छन ।नेपालमा बेरोजगारी समस्या बढे सङै विदेशीने नेपाली हरु को संख्या ठूलो छ विभिन्न देशमा यसरी नेपाली हरु अलपत्र पर्ने गरेका छन भने नेपाल कम्युनिस्ट पार्टीको प्रवासी संगठनले यश अगाडी पनि विभिन्न देशमा वेचिएका चेलिहरु र अलपत्र परेका नेपाली हरुको उद्दार गर्दै आएको छ ।

मोर्चा हरु निरन्तर रुपमा सक्रिय भएर समस्या परेका नेपाली हरुलाइ उद्दार गरिरहेको छ आगामी दिनमा पनि यसरी नै सक्रिय भएर नेपाली हरुको निम्ति निरन्तर संघर्ष गर्ने जनप्रगतिशिल मोर्चा साउदी का अध्यक्ष भानु प्रदेशी तथा जनप्रगतिशिल मोर्चा मलेशियाका महासचिव अर्जुन सुवेदी ले बताउनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी