नेकपा गृहमन्त्रीका लागि चुनौति, ‘विप्लव’माथि राज्यद्रोहीको आरोप !

नेकपा गृहमन्त्रीका लागि चुनौति, ‘विप्लव’माथि राज्यद्रोहीको आरोप !

  • बुधबार, जेष्ठ २३, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.1K
    SHARES

२३ जेठ,काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई राज्यद्रोहीको रुपमा चित्रित गर्ने कोशिस गरेका छन् ।
बादलले विप्लव नेतृत्वको नेकपालाई देशमा राजनीतिक अस्थिरता फैलाउन खोज्ने शक्ति भएको आरोप लगाएका छन् । मंगलबार गृहमन्त्रालय आयोजित नियमित पत्रकार सम्मेलनमा संचारकर्मीमाझ् धारणा राख्दै गृहमन्त्री बादलले देशमा अतिवादी र विखण्डनकारीले ठाउँ (स्पेस) लिने कोशिस गरिरहेको बताउँदै त्यसलाई निस्तेज पार्न सरकारले कठोर रुपमा प्रस्तुत हुने बताए ।
नेपाल कम्युनिस्ट पार्टीको गतिविधि राजनीतिक प्रवृत्तिमा आधारित भएको उनको भनाई छ । ‘अहिलेको संविधानलाई मान्दैनौं, राज्य व्यवस्थालाई उल्टाउनुपर्छ भन्छ । आफूलाई नेकपा विप्लव भन्छ’ उनले भने ।
चुनावका बेला बम पड्काउने र एनसेलका टावरहरुमा बम हान्ने काम विप्लव नेतृत्वको नेकपाले गरेको दाबी उनले गरे । ‘उनीहरुलाई राजनीतिक मूलप्रवाहमा ल्याउन प्रधानमन्त्री तहबाटै प्रयास भइरहेको छ’ उनले भने ।
पत्रकार सम्मेलनमा बादलले सीके राउत विखण्डनकारी, कट्टर हिन्दु धर्म पक्षधर र क्रिष्चियनिटी मुख्य अतिवादी भएको बताए । तिनहरुको गतिविधिलाई गम्भीर रुपमा लिएर त्यसलाई रोक्न सरकार ठोस योजनासहित लागिरहेको बताए ।
स्मरण रहोस्, विप्लव र बादल तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवाद)द्वारा दलाल संसदीय व्यवस्थाविरुद्ध नयाँ जनवादी सत्ता स्थापना गर्ने उद्देश्यसाथ संचालित दस वर्षे जनयुद्धका सहयात्री हुन् । अहिले विप्लव जनयुद्धका उद्देश्यप्रति तत्कालीन नेतृत्व तहका प्रचण्ड–बाबुरामहरुले धोका र गद्दारी गरेको भन्दै पार्टीलाई नेकपामा पुनर्गठन गरेर वर्तमान संसदीय व्यवस्थालाई भत्काई वैज्ञानिक समाजवादी राज्यसत्ता स्थापना गर्न एकीकृत जनक्रान्तिको कार्यदिशा बोकेर संघर्षरत छन् । वर्तमान संसदीय व्यवस्था खारेज नगरेसम्म देश र जनताले समृद्धि हासिल गर्न नसक्ने उनको धारणा छ ।
तर लामो समय मोहन वैद्य नेतृत्वको पार्टीमा रहेर धेरैपछि मात्र प्रचण्ड कित्तामा मिसिन पुगेका बादल अहिले सरकार गृहमन्त्री छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ