लगानीकर्ताद्धारा धितोपत्र बोर्डमा धर्ना, सरकारको पछिल्लो निर्णयमा आपत्ति

लगानीकर्ताद्धारा धितोपत्र बोर्डमा धर्ना, सरकारको पछिल्लो निर्णयमा आपत्ति

  • बुधबार, जेष्ठ २३, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौं, जेठ २३ ।
सरकारको पछिल्लो निर्णयमा आपत्ति जनाउँदै सेयरबजार लगानीकर्ताहरुले धितोपत्र बोर्डमा धर्ना दिएका छन् । लगानीकर्ताहरुले आज बिहान १० बजेदेखि १०ः३० बजेसम्म धितोपत्र बोर्डको कार्यालय, जावलाखेलमा धर्ना दिएका हुन् ।

धर्नाका लागि पुगेका संघका पदाधिकारी, सदस्य तथा लगानीकर्ताहरुलाई प्रहरीले मूलद्वारबाट प्रवेश गर्न रोक लगाएसँगै लगानीकर्ताहरुले गेटमै बसेर धर्ना दिएका हुन् ।

हालैमात्रै सरकारले बोनस र हकप्रद शेयरमा अंकित मूल्यलाई आधार मानेर पुँजीगत लाभकर असुल्नु भनेर धितोपत्र बोर्ड, नेप्से तथा सिडिएसीलाई निर्देशन दिएको छ । उक्त निर्देशनको विरोधमा सेयर लगानीकर्ताहरू केही दिनयता देखि लगातार विरोधमा उत्रिएका हुन् ।

लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याललका अनुसार आज पनि प्रत्येक ब्रोकर कार्यालायमा गएर कारोबार रोक्ने र धर्ना दिने उनीहरुको योजना छ ।

आन्तरिक राजस्व विभागले जारी गरेको पत्रले आम लगानीकर्ताको भावनामा गम्भीर असर पार्नुका साथै करको सर्वमान्य सिद्धान्तलाई नै अपमान गरेको उनीहरुको ठहर छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ