अर्थमन्त्रीले पुनःनिर्माणमा रहेका कमजोरी औल्याउदै यसो भने

अर्थमन्त्रीले पुनःनिर्माणमा रहेका कमजोरी औल्याउदै यसो भने

  • बुधबार, जेष्ठ २३, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

काठमाडौं, जेष्ठ २३ ।
अर्थमन्त्री युवराज खतिवडाले भूकम्पपछिको पुनर्निर्माणमा जनप्रतिनिधिलाई समेत साथमा लिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई आग्रह गर्नुभएको छ ।

आज काठमाडौंमा निजी आवास पुनर्निर्माण समस्या पहिचान र समाधान नामक कार्यशाला उद्घाटन गर्दै उहाँले पुनस्निर्माणमा रहेका कमजोरी औल्याई लक्ष्य अनुसार कार्य गर्न जनप्रतिनिधिको सहभागितामा जोड दिनुभएको हो ।

पुनर्निर्माणमा हातेमालो गरेका राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्था तथा दातृ निकायलाई समेत साथमा लिन अर्थमन्त्री खतिवडाको सुझाव थियो ।

पुनर्निर्माणमा देखिएको समस्या समाधानका लागि सरकार गम्भीर रहेको उल्लेख गर्दै उहाँले सोबारे जानकारी गराउन आग्रह गर्नुभयो । पुनर्निर्माण खर्च पारदर्शी बनाउन सुझाव दिदै खतिवडाले सरल र सुलभ बैंकिङ प्रणाली अपनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय पुनस्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिईयो ) युवराज भुषालले ४६ हजार व्यक्ति सहित काठमाडौं उपत्यकामा रहेका १ लाख २ हजार पीडितमध्ये १० हजार घर, मन्दिर, ऐतिहासिक सम्पदा लगायत पुनर्निर्माण भएको जानकारी दिनुभयो ।

सिईयो भुषालले जनप्रतिनिधिको सहभागितामा काठमाडौंमा पुनस्निर्माणको कार्य गरिरहेको बताउनुभयो । पुनर्निर्माणमा देखिएका समस्या र समाधानका उपाय लगायत बिषयबारे कार्यशालामा छलफल भईरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ