विनियोजन विधेयक पारित, प्रधानमन्त्रीको चीन भ्रमणबारे जानकारी गराउन सांसदको माग, कस्ले के बोले ?

विनियोजन विधेयक पारित, प्रधानमन्त्रीको चीन भ्रमणबारे जानकारी गराउन सांसदको माग, कस्ले के बोले ?

  • सोमवार, जेष्ठ २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाडौँ, २१ जेठ ।
प्रतिनिधिसभाको आजको बैठकले विनियोजन विधेयक, २०७५ लाई सर्वसम्मतिले पारित गरेको छ ।

बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले सो विधेयक पारित गरियोस् भनी प्रस्ताव राख्नुभएको थियो ।

बैठकमा प्रतिनिधिसभा नियमावली, २०७५ को प्रस्ताव भने प्रस्तुत हुन सकेन । प्रतिनिधिसभाको अर्काे बैठक यही जेठ २५ गते दिउसो १ बजे बस्नेछ ।

यसअघि प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे जानकारी माग गरेका छन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले ओलीको आसन्न चीन भ्रमणबारे संसदलाई जानकारी गराउन माग गरेको हो ।

कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमण र भ्रमणकाक्रममा दुई देशबीच हुने छलफलका एजेन्डाबारे जानकारी गराउन माग गर्नुभयो ।

उहाँले भारत र चीनसँग सीमा जोडिएको दार्चुला जिल्लालाई त्रिदेशीय व्यापारिक केन्द्र निर्माणका लागि एजेन्डा तय गर्नसमेत आग्रह गर्नुभयो ।

यस्तै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद पम्फा भुसालले सरकारले यातायात क्षेत्रको ‘सिन्डिकेट’ अन्त्यको घोषणा गरेपनि अझै सार्वजनिक यातायात क्षेत्र सुधार हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले निर्माणधीन चक्रपथ अवैज्ञानिक भएकाले वैज्ञानिक तरिकाले चक्रपथ सडक निर्माण गर्नुपर्ने बताउनु भयो ।

यस्तै, राजपा नेपालका सांसद महेन्द्रराय यादवले तराई–मधेसमा विद्यमान नागरिकताको समस्या तत्काल समाधान गर्न र तराईमा हुने गरेको डुबान समस्याको पूर्वतयारी गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।

नेमकिपामा सांसद प्रेम सुवालले चेलिबेटी बेचबिखन अन्त्य गर्नका लागि कठोर कदम चाल्न सरकारलाई आग्रह गर्नुभयो ।

सांसद कलुदेवी विश्वकर्माले आफू दलित भएकै कारण काठमाडौंमा कोठा नपाएको गुनासो गर्नुभयो ।
उहाँले व्यवहारमै छुवाछूतको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ