प्रभु इन्स्योरेन्सले हकप्रद सेयर निष्कासन गर्ने

प्रभु इन्स्योरेन्सले हकप्रद सेयर निष्कासन गर्ने

  • सोमवार, जेष्ठ २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

काठमाडौं, २१ जेठ । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले यहि असार ८ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले चुक्तापुँजी बढाउन साविकका सेयरधनीलाई ३१ करोड ६६ लाख ६७ हजार रुपैयाँ बराबरको ३१ लाख ६६ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको जनाएको छ ।

हकप्रद निष्कासन बन्द साउन १० गते हुने निष्कासन र बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ ।
हकप्रद निष्कासनपछि कम्पनीको चुक्तापुँजी बढेर १ अर्ब रुपैयाँ पुग्नेछ भने नियामक बीमा समितिले आउने असारसम्म चुक्तापुँजी बढाएर १ अर्ब रुपैयाँ पुर्याउन निर्देशन दिएपछि प्रभुले हकप्रद निष्कासन गर्न लागेको वताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ