बजेटलाई स्याउ र सुन्तलाको तुलना नगरौं, कसैलाई अनादर गरेको छैनः खतिवडा

बजेटलाई स्याउ र सुन्तलाको तुलना नगरौं, कसैलाई अनादर गरेको छैनः खतिवडा

  • आइतवार, जेष्ठ २०, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

२० जेठ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षमा ८ प्रतिशतको वृद्धिदर हासिल गर्न कठिन नरहेको दावी गर्नुभएको छ ।
आर्थिक वर्ष २०७५र७६ को बजेटमा छुटेको भन्दै सत्तारुढ दलकै सांसदहरुले आलोचना गरेपछि उहाँले आगामी वर्षमा पूरा हुने ठूला विद्युत आयोजना, खानेपानी आयोजना र औद्योगिक उत्पादनको प्रतिफल र बजेटमा ल्याएका रोजगारीको कार्यक्रमबाट सजिलै आर्थिक वृद्धिदर हासिलगर्ने बताउनु भयो ।
संघीय सरकारको बजेटमात्रै हेर्दा ८ प्रतिशतको आर्थिक वृद्धिको दावी गर्नु गलत हुने भन्दै उनले प्रदेश र स्थानीय तहको बजेटले पनि वृद्धिदरलाई सहयोग गर्ने उहाँले बताउनु भयो ।
बजेट विनियोजन गर्दा वित्त आयोगका पदाधिकारीले दिएको सुझावका आधारमा गरेको भन्दै अर्थमन्त्री खतिवडाले कुनै पनि क्षेत्रमाथि विभेद नभएको दावी गर्नुभयो उहाँले आफूहरु लामो यात्रामा रहेको भन्दै अहिले नै हार जितको निर्क्योल नगर्न सांसदहरुलाई आग्रह गर्नुभयो।
अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्षको बजेट संघीयता कार्यान्वयनपछिको पहिलो भएको भन्दै यसको तुलना चालु आर्थिक वर्षको संग गर्न नमिल्ने बताउनु भयो । उहाँले अहिले हामी ७६१ वटा सरकार भएकोले संघ प्रदेश र स्थानीय तहको सरकारलाई राजस्व बाँडफाँटसहितको पहिलो बजेटको तुलना संघीय सरकारको एकल बजेटसँग नहुने प्रष्ठ पार्दै भन्नुभयो, ‘स्याउ र सुन्तलालाई तुलना नगरौं ।’
उहाँले आफूले बजेटमा कसैलाई अनादर नगरेको स्पष्टिकरण पनि दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ