बरौनी डिपोबाट पेट्रोलियम पदार्थको ढुवानी ठप्प, नेपाली चालकहरूमाथि हुने दुर्व्यवहार कुटनितीक तहवाट समाधान गर्नुपर्छः पोख्रेल

बरौनी डिपोबाट पेट्रोलियम पदार्थको ढुवानी ठप्प, नेपाली चालकहरूमाथि हुने दुर्व्यवहार कुटनितीक तहवाट समाधान गर्नुपर्छः पोख्रेल

  • आइतवार, जेष्ठ २०, २०७५
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

काठमाडाैं, २० जेठ ।

ट्यांकर चालकहरूले भारतको बरौनी डिपोबाट रक्सौलहुदै नेपाल भित्रने पेट्रोलियम पदार्थको ढुवानी कार्य ठप्प पारेका छन।

भारतीय सुरक्षाबलले ज़्यादती गरेको भन्दै चालकहरूले अम्लेखगंज र थानकोट डिपोहरूमा आपूर्ति बन्द गरेका हुन्। पेट्रोलियम ढुवानी कार्यमा भारतीय सिमा सुरक्षाबल बाट कुटपिट भएको भन्दै सुरक्षाको कारण पेट्रोलियम ढुवानीकार्य ठप्प पारेपछि आइतवार उक्त डिपोहरूमा पेट्रोलियम कारोबार बन्द भएको हो।

भारतबाट नेपाल ढुवानी गर्ने मुख्य नाका रक्सौलमा निकै भिडभाड हुने अति प्रज्वलनशिल पदार्थ भएका कारण धेरै समय बाटोमा रोक्न नपाइने र निर्धारित समयमा डिपोहरूमा पुग्नु पर्ने कारण चालकहरूले हतार गर्दा त्यहाको सुरक्षा बलले पटक पटक चालकहरूलाइ कुटपिट र दुर्व्यवहार गरेकोले तत्काल सुनबर्षा नाकाबाट नेपाल भित्रन पाउनु पर्ने र भिटामोड नाकाबाट पिडिओ पाउनु पर्ने चालकहरू बताउछन।

नेपाली चालकहरूमाथि पटक पटक गरिने दुर्व्यवहार लाइ कुटनितीक तहवाट समस्या समाधान गर्नु पर्ने अखिल नेपाल पेट्रोलियम मज़दूर संघका अध्यक्ष शिव पोख्रेल बताउछन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ