पाल्पाका उद्योग धन्दाहरु आज बन्द

पाल्पाका उद्योग धन्दाहरु आज बन्द

  • आइतवार, जेष्ठ २०, २०७५
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौ २० जेठ ।
पाल्पामा गत शुक्रबार भएको सवारी दुर्घटनामा मृत्यु भएकाहरुको सम्झनामा आज उद्योगधन्दा, पसल व्यवसाय बन्द गरिएको छ ।

पाल्पा उद्योग बाणिज्य संघको अगुवाईमा व्यापारी, व्यवसायीहरुले पसल व्यवसाय बन्द गरेका हुन् । पसल व्यवसाय बन्द गरेर शोकसभाको आयोजना गरिएको संघका अध्यक्ष मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

अध्ययन भ्रमणका लागि तानसेनबाट रामपुर जाँदै गरेको लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी, सदस्य एवं कर्मचारी सहित अतिथि चढेको बस रम्भा गाउँपालिका ४ हुमिनको धारदीमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो ।

११ जनाको घटनास्थलमै र ३ जनाको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परी घाइते भएका ४ जनाको काठमाडौं र ५ जनाको मिसन अस्पताल पाल्पामा उपचार भैरहेको छ ।

दुर्घटनामा ज्यान गुमाएका १४ मध्ये १३ जनाको हिजो राम्दीघाटमा अन्त्येष्टी गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ