१९ जेठ, काठमाडौं । अबदेखि विदेशबाट फर्किनेहरुले रक्सी ल्याउन नपाउने भएका छन् ।
सरकारले नयाँ आर्थिक विधेयकमा विदेशबाट फर्किएका नेपालीले भन्सार नतिरी रक्सी ल्याउन पाउने सुविधा हटाइएको हो ।
यसअघि एक लिटरसम्म रक्सी विदेशबाट फर्किनेले लिएर आउन पाउँने भएपनि अब त्यस्तो सुविधा हटाइएको भन्सार विभागका एक उच्च अधिकारीले बताएका छन् ।
यो सुविधाका कारण वाषिर्क एक अर्ब रुपैयाँ राजश्व गुमेको ठहर गर्दै सरकारले नयाँ व्यावस्था लागु गर्न लागेको हो । विदेशबाट फर्किने यात्रुले भन्सार तिरेर रक्सी ल्याउन पाउने÷ नपाउने भन्ने विषय भने तय भएको छैन ।
सरकारले नयाँ आर्थिक ऐनअनुसार झिटीगुन्टा आदेश जारी गरिसकेको छैन । केही दिनमा जारी हुने यो आदेशमा यस विषयमा स्पष्ट गर्ने योजना छ ।
रक्सी ल्याउन नदिने स्पष्ट भएपनि यात्रुले रक्सी ल्याए जफत गर्ने कि भन्सार तिर्न दिने भन्ने विषय केही दिनमै टुङगिने जनाईएको छ ।