नेपालबाट भारततर्फ ईन्धन तस्करी बढेको भन्दै निगमद्धारा नियन्त्रण गर्न गृह मन्त्रालयलाई आग्रह

नेपालबाट भारततर्फ ईन्धन तस्करी बढेको भन्दै निगमद्धारा नियन्त्रण गर्न गृह मन्त्रालयलाई आग्रह

  • शनिबार, जेष्ठ १९, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

१९ जेठ, काठमाडौं ।

पछिल्लो समय नेपालबाट भारत ईन्धन तस्करी हुन थालेपछि नेपाल आयल निगमले यसको नियन्त्रण गर्न गृह मन्त्रालयलाई आग्रह गरेको छ । नेपालबाट लगिने तेल भारतीय बजारमा कालोबजारी गरेर बिक्री गर्नेगरिन्छ ।

लिटरमै ३० रुपैयाँसम्म सस्तो भएपछि सीमा क्षेत्रबाट भारततर्फ तेलको तस्करी हुन थालेको हो । सीमा क्षेत्रबाट भारतीय गाडिहरु नेपाल प्रवेश गर्ने र तेल भरेर लैजाने गरेको पनि जनाईएको छ । सोहि कारण भारतीय सीमा क्षेत्रका पम्पको कारोबार ५० प्रतिशत घटेको खबर भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।

यस्तै ड्रम र ग्यालेनमा नेपाल बाट तेल भरेर भारत पुर्याई बिक्रि गर्ने समूह नै सक्रिय भएका छन् । अहिले नेपालमा भारतको रक्सौल आसपासको बजारमाभन्दा पेट्रोल लिटरमा २५ रुपैयाँ र डिजेल २७ रुपैयाँ सस्तो छ । पूर्वी सीमा क्षेत्रमा भारत र नेपालको तेलको मूल्यअन्तर ३० रुपैयाँ पुगेको निगमका बोर्ड सदस्य अरविन्द अग्रवालले बताउनु भयो ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुशिल भट्टराईले नेपालमा पछिल्लो समयमा डिजेलको माग अस्वभाविक रुपमा बढिरहेको बताउनु भयो ।

तराईका पेट्रोल पम्पहरुमा तेलको माग अप्रत्याशित दरमा बढेकाले त्यसमाथि नियन्त्रण गर्न आवश्यक देखिएको उहाँको भनाइ छ ।

‘नेपालमा आउने भारतीय सवारीलाई तेल दिनुपर्ने बाध्यता रहेको तर थेग्नै नसक्ने गरी माग बढेको उहाँको भनाई छ । अब पम्पहरुमा पहिलेको खपत दर हेरेरमात्रै तेल दिने योजना बनाएको पनि उहाँले बताउनु भयो ।फोटोः अनलाईनखबरबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ