१८ जेठ, काठमाडौं । काग्रेस नेता तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बजेटले जनतालाई सपना बाडेको तर आश जगाउन नसकेको बताउनु भएको छ ।
प्रतिनिधिसभा बैठकमा बजेटमाथि भएको छलफलमा भाग लिँदै सांसद कार्कीले समृद्धिको आकांक्षा पूरा गर्ने आधार नदिनुका साथै आफ्नो प्राथमिकता किटान गर्न नसकेको बताउनु भयो ।
प्रधानमन्त्री केपि ओलीतर्फ ईंकित गर्दै उहाँले भन्नुभयो, बजेट आश्वासनमुखी छ तर उखान टुक्का छैन, यो नै बजेटको सबैभन्दा प्राथमिकता, सकारात्मक पक्ष हो ।’
राष्ट्रपति र प्रधानमन्त्रीको नाममा कार्यक्रम ल्याएर कार्यकर्ता पोस्न खोजिएको भन्दै त्यसलाई हटाउन पनि उहाँले माग गर्नुभयो ।
नेपालमा रोजगारीको मतलब नभएका भुइफुट्टा वर्ग हावी भएको तर्क गर्दै उहाँले उपभोग गर्ने सामान आयात गर्ने मात्र ध्येय राखेर उत्पादनको मतलब नगर्नेहरुले जुनसुकै हत्कण्डा प्रयोग गर्न सक्ने भएकाले त्यसलाई रोक्न बजेटले कुनै प्रयास नगरेको बताउनु भयो ।
राजश्व प्रशासनलाई सुधार गर्ने ठोस योजना नभएको प्रष्ठ पार्दै कार्कीले राजश्वको लक्ष्य महत्वाकांक्षी तर, भेट्टाउनै नसक्ने अवस्था नरहेको बताउनु भयो ।