मलेसिया पुगेका पर्वतका किशाेरकाे नेपालीकै कुटार्इबाट मृत्यु

मलेसिया पुगेका पर्वतका किशाेरकाे नेपालीकै कुटार्इबाट मृत्यु

  • शुक्रबार, जेष्ठ १८, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

पर्वत, जेठ १८ । रोजगारीका लागि मलेसिया पुगेका पर्वतका एक युवाको नेपालीकै कुटपिटबाट मृत्यु भएको छ ।

पर्वतको मोदी गाउँपालिका–५, बाजुङ, धमिलपानी गाउँका २२ वर्षीय किशोर केसी (नसिब) को साथीहरूको कुटपिटबाट बुधबार मृत्यु भएको हो ।

करीब डेढ हप्ता पहिले सँगै काम गर्ने नेपाली युवाले कुटपिट गर्दा गम्भीर घाइते भएका क्षेत्रीको मलेसियाको पुत्रोदय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मृतकका आफन्त अनमोल क्षेत्रीले जानकारी दिए ।

पूर्वी नेपालबाट रोजगारीका लागि पुगेका चारजना साथीले रडले प्रहार गर्दा क्षेत्रीको पेटमा गहिरो चोट लागेको थियो ।

मृतक क्षेत्रीको बिहीबार स्थानीय अस्पतालमा शव परीक्षण भएको छ भने शव ल्याउन अझै एक हप्ता लाग्ने भएको छ । २० महिना अघि रोजगारीका लागि मलेसिया पुगेका क्षेत्री परिवारका कान्छा सन्तान हुन् । उनी अविवाहित थिए ।

उनका पिता भीमबहादुर क्षेत्री पनि वैदेशिक रोजगारीमा जाने आउने गरिरहेका थिए ।

परिवारको कान्छो सन्तान गुमाउन पुगेपछि परिवार र सिंगो गाउँ नै शोकमा डुबेको छ । आमा देवी क्षेत्री अर्धचेत अवस्थामा छिन् भने गाउँलेमा समेत रुवाबासी चलेको छ । क्षेत्रीलाई कुटपिट गरी हत्या गर्ने साथी चारैजना प्रहरी नियन्त्रणमा रहेको बुझिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी