कालिकोट–कोटबाडा बिमानस्थलमा नियमित हवाई सेवा संचालन गर्न माग

कालिकोट–कोटबाडा बिमानस्थलमा नियमित हवाई सेवा संचालन गर्न माग

  • बुधबार, जेष्ठ १६, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाण्डौ, १६ जेठ ।
कालिकोटका स्थानीय जनताले कालिकोट–कोटबाडा बिमानस्थलमा तत्काल नेपाल वायुसेवा निगमको नियमित हवाई सेवा संचालन गर्न माग गरेका छन् ।
विगत ३५ वर्षदेखि उक्त विमानस्थलको निर्माणकार्य सुरु भएपनि अहिलेसम्म निर्माणकार्य पुरा नहुँदा नियमित उडान सेवा समेत सन्चालन हुन नसकेको भन्दै नरेन्द्र बिश्वकर्मा नेतृत्वको टोलीले सहितको पर्यटन राज्यमन्त्री धन वहादुर वुढालाई भेटेर नियमित हवाई उडान सेवा सञ्चालन गर्न माग गरेको हो ।
करिब १ बर्ष अघि नै परिक्षण उडान सम्पन्न गरिसकेको भएपनि हालसम्म सो विमानस्थलबाट उडान हुन सकेको छैन ।
राज्यमन्त्री बुढालाई भेटेर उक्त विमानस्थलबाट नियमिड उडानसेवा सुरु गर्न माग गदै टोलीले बुधवार ज्ञापनपत्र बुझाएको हो ।
टोलीले उक्त मागपत्र मन्त्रालयका सचिव, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक र नेपाल वायुसेवा निगमका कार्यकारी निर्देशकलाई पनि बुझाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ