बजेट ९५ प्रतिशत कार्यान्वयन हुने मन्त्री अधिकारीको दाबी

बजेट ९५ प्रतिशत कार्यान्वयन हुने मन्त्री अधिकारीको दाबी

  • बुधबार, जेष्ठ १६, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

काठमाडौं, जेठ १६ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सरकारले नेपालको अर्थतन्त्रको क्षमतालाई ध्यान दिएर बजेट ल्याएकोले कार्यान्वनयमा कुनै समस्या नहुने दाबी गर्नुभएको छ ।

राजधानीमा आज आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री आधिकारीले नीति तथा कार्यक्रममा आधारित बजेट यथार्थपरक भएको दावी गर्नुभयो ।

उहाँले बजेटले खर्च नहुने ठाउँमा रकम दिने र पछि रकमान्तर गरेर अनियमितता गर्ने प्रवृत्तिको अन्त्य गरेको पनि बताउनु भयो ।

रोजगारी सिर्जना, स्वरोजगार र भौतिक पूर्वाधारलाई प्राथमिकता दिएर ल्याइएको बजेट सबैका लागि स्वीकार्य हुने उहाँको भनाई छ ।

बजेटले आर्थिक समृद्धि र विकासको ढोका खोलेको भन्दै मन्त्री अधिकारीले ९५ प्रतिशत बजेटको कार्यान्वयन हुने ठोकुवा गर्नुभयो ।

आथिक वर्ष २०७५र७६ को बजेट कार्यान्वयन भएपछि त्यसपछिका आर्थिक वर्षमा बजेटको आकार बढाउन सकिने उहाँको तर्क छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ